OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २९, २०८१जुम्ला
१७९ पटक

गुठिचौर गाँउपालिका कार्यालयको आयोजनामा वृक्ष रोपन गरिएको छ । पालिकाको आयोजना र किर्डाक नेपाल र वल्र्ड भिजन इन्टरनेशनलको सहयोगमा वृक्ष रोप्न कार्यक्रम गरिएको हो । मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ रहेको छ । जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष अनिवार्य रहेको छ । वन तथा वातावरण संरक्षणमा सघाउ पु¥याउने उदेश्यले वृक्ष रोपन गरिएको प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरिले वताउनुभयो । पालिकाको वीचको खालि जग्गामा वृक्ष रोपन भएको हो ।

वृक्ष रोपन कार्यक्रममा गुठिचौर गाँउपालिका पशु सेवा शाखा कार्यालयका प्रमुख शिवराज देवकोटा,लक्ष्मि अधिकारि, योजना शाखा प्रमुख धर्मराज धिताल, जिन्सि शाखा प्रमुख प्रेम शाहि, स्वास्थ्य शाखा प्रमुख कालिका न्यौपाने, लेखा शाखा प्रमुख जयराज कुमाई, किर्डाक नेपालका जल जमिन र जंगलको संरक्षण कार्यक्रम अधिकृत सरु महतले, लगाएतको सहभागी रहेको थियो ।

ढटेलो ११ वटा, पिपल ३वटा, देवद्धवार ३७वटा, धुपि १सय २५वटा, किमु २ वटा, सल्लो ३वटा लगायत विभिन्न प्रजातिका १सय ८१ वटा विरुवा रोपिएको पालिका अधिकृत गिरिले बताउनुभयो । वडा सदस्य बसन्ति वुढा पालिकाका कर्मचारीहरु समेत लागेर विहिवार विरुवा रोपिएको हो ।

किर्डाक नेपालका जल जमिन र जंगलको संरक्षण कार्यक्रम अधिकृत सरु महतले विरुवा जगाउने कार्यक्रमा लाग्न पालिकाका कर्मचारिहरुलाई अनुरोध गर्नुभयो । अहिलेको प्रस्थितिमा अनावृष्टि, र जलवायु परिवर्तन भई रहेकाले विरुवा बढाउन सुन्दर पालिका वनाउन उहाँको सुझाव छ । वृक्ष रोपन क्षेत्रमा फलदिने जातको विरुवा लगाउदा उत्तम हुने महतले वताउनुभयो । वनको हैसियत बढाउन र पर्यटकिय क्षेत्र बनाउने उदेश्यका साथ वृक्षा रोपन गर्नमा सहयोग गरिएको महतको भनाई छ। उहाँले यो सानो सहयोग भएपनि गरेको र आगामि दिनमा सहयोग सहकार्य गर्ने वताउनुभयो ।

गाँउपालिकाको प्राङ्गगणमा हरित बोटानिकल गार्डेन बिभिन्न नामले पालिकाको आकर्षक पर्यटक स्थल निर्माण गर्नुपर्ने प्रस्तावहरु आइरहेको छ । हरियाली पार्क बनाउने भन्दै विरुवा रोपिएको छ । वनको हैसियत बढाउन र पर्यटकिय क्षेत्र बनाउने उदेश्यका साथ वृक्षा रोपन गरिएको हो ।

प्रतिकृया दिनुहोस्