OnlinePana

आज : २०८३ भाद्र ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र ४, २०८३काठमाडौं
७ पटक

४ भदौ २०८३, बिहीबार

सुर्खेतः कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकास र समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्रदेश स्थापना तथा सहिद दिवस २०८३ को मूल समारोह कार्यक्रम’लाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले सबैको साझा सोच, प्रयास विना यहाँको समृद्धि असंभवन भएको बताउनुभयो । उहाँले कर्णालीको उन्नतिका निम्ति प्रदेश सरकारले सुशासन, जवाफदेहिता र पारदर्शितामा ध्यान दिनुपर्ने सुझाउनुभयो ।

उहाँले भन्नुभयो, “भ्रष्टाचाररहित र शून्य सहनशीलताको प्रदेश निर्माणका लागि सरकारले आफ्नो सक्षमता देखाउनुपर्दछ । कर्णाली प्रदेशको विकास, समृद्धि र उन्नतिको लागि सबै दलहरु जिम्मेवार हुनुपर्ने हुनुपर्छ ।” मनसुनजन्य विपद् अँझै बाँकी भएको बताउँदै प्रदेश प्रमुख जोशीले सर्वपक्षीय संयन्त्र बनाएर जाजरकोटका पीडितहरुको घरदैलोमा पुगेर सरकार भएको अनुभूति दिलाउनुपर्नेमा जोड दिनुभयो ।

प्रचुर संभावना भएको कर्णालीलाई गरिबीको आँखाबाट हेरिनु ठूलो कमजोरी भएको जिकिर गर्दै उहाँले दैलेखको ग्याँसले मुलुककै समृद्धि र विकासमा सहयोग पुग्ने दीर्घकालीन महत्वको आयोजना दुई वर्षदेखि काम बन्द हुनु दुःखद् विषय भएको टिप्पणी गर्नुभयो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीका जनताको त्याग, समर्पण र बलिदानबाट स्थापित प्रदेशको विकासले सिंगो मुलुकको रुपान्तरणमा सघाउने बताउनुभयो । कर्णाली प्रदेश स्थापनामा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति सम्मान अर्पण गर्दै मुख्यमन्त्री शाहीले मुलुक संघीयतामा जाँदै गर्दा कर्णालीले आफ्नै बलबर्कतमा आफ्नो पहिचान र अस्तित्व कायमा गरेको तर्क गर्नुभयो ।

सभामुख नन्दा गुरुङले नेपालको संविधान, संघीयता, समावेशिताले कर्णाली जस्ता उत्पीडित एवं उपेक्षित भूगोल, क्षेत्रलाई न्याय गरेको बताउनुभयो । मूलतः कर्णालीका जनताले जीवन बलिदान दिएर जन्माएको प्रदेशको विकास र यहाँका नागरिकहरुको जीवनस्तर उन्नतिका लागि संघ सरकारले विशेष भूमिका खेल्नुपर्ने उहाँको भनाई थियो ।

निवर्तमान मुख्यमन्त्री यामलाल कँडेलले मुलुकको सबैभन्दा ठूलो भूगोल ओगटेको कर्णालीको विकास र समृद्धि विना मुलुकको समृद्धि असंभव भएको बताउनुभयो । यहाँको विकासका लागि प्रदेश सरकार, दल तथा सरोकारवाला सबै निकाय, क्षेत्र र संघ सरकारको समन्वय तथा सहकार्य आवश्यक भएको बताउँदै उहाँले कर्णालीको स्रोत, साधनको भरपुर उपयोग गर्ने सामथ्र्य सरकारले राख्नुपर्ने औंल्याउनुभयो ।

समारोहमा प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले स्वागत मन्तव्य व्यक्त गर्दै सहिदहरुले देखाएको मार्गलाई पछ्याएर सरकार अगाडि बढ्ने बताउनुभयो । उक्त कार्यक्रममा आर्थिक मामिलालमन्त्री टेकराज पछाई, जलस्रोतमन्त्री कलबहादुर हमाल, प्रदेशसभा सदस्यहरु, न्यायधीश, प्रदेश सरकारका प्रमुख सचिव, सुरक्षा निकायका प्रमुख, सहिद परिवार, कर्मचारी, पत्रकार सञ्चारकर्मी, कलाकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्