OnlinePana

आज : २०८३ साउन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीसाउन ३०, २०८३सुर्खेत
४८ पटक

 

३० साउन २०८३, शनिबार,

सुर्खेतः नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता देवप्रसाद गुरुङले कम्युनिष्ट एकताविना मुलुकको समृद्धि र रक्षा सम्भव नभएको बताउनुभयो ।

पुष्पलाल मित्रता केन्द्रद्वारा ४८औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा बामपन्थी दलहरुको भूमिका’ विषयक बिचार गोष्ठीमा बोल्दै नेता गुरुङले कम्युनिष्ट एकताबाट मात्र मुलुकको विकास, समृद्धि र रक्षा हुने बताउनुभयो । साम्राज्यवादी आक्रमणको निसाना अहिले तीन दल रहेको बताउदै उहाँले कम्युनिष्ट टुटफुटका कारण मुलुकले ठूला क्षति व्यहोर्नु परेको जनाउनुभयो ।
नेता नेता गुरुङले भन्नुभयो, “कम्युनिष्ट एकता अपरिहार्य सर्त भएको छ । अहिले कार्यगत एकता भएको छ । अब ढिलो चाडो नेकपा एमालेसँग एकता हुन्छ । कम्युनिष्ट एकताविना राष्ट्र नै नरहने खतरामा रहेका कारण एकता अनिवार्य भएको हो ।” देशमा बृहत् कम्युनिष्ट एकता गर्ने लक्ष्यका साथ सबै कम्युनिष्ट घटकहरु एक ठाउँमा ल्याउने प्रक्रियाका लागि दुवै दलका शीर्ष नेतृत्व अगाडि बढेको उहाँले बताउनुभयो ।

बृहत शान्ति सम्झौताकर्ता दल एक भएर राष्ट्रियस्तरमा साम्राव्यवादका विरुद्ध लड्नु पर्नेमा कम्युनिष्ट आफै कोही सत्ता र कोही बाहिर रहेर एकआपसका लडेका कारण भदौ २२ र २३ गते घटना सृजना भएको उहाँको भनाई थियो ।

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेश ईञ्चार्ज चन्द्रबहादुर शाहीले पद, शक्ति र सत्ता प्राप्ति नभई राष्ट र राष्टियको रक्षाका लागि एकता आवश्यक भएको बताउनुभयो । नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले वामपन्थी आन्दोलनमा भएका मिलन र टुटफुट कम्युनिष्टहरु कमजोर हुँदै गएको धारणा व्यक्त गर्नुभयो ।
विचार गोष्ठीमा नेकपा क्रान्तिकारी पार्टीका नेता निरक केसीले देशलाई सहि बाटोमा लैजान खुला मोर्चा आवश्यक रहेको बताउनुभयो । एक जुट भएर मात्र कम्युनिष्टका मुद्दाले स्थान पाउनुका साथै नागरिकहरुका समस्या सम्बोधन हुने उहाँले जिकिर गर्नुभयो । नेकपाका प्रदेश संयोजक बिमला केसीले विचार गोष्ठी निरन्तर गर्न आवश्यक रहेको औंल्याउनुभयो । कार्यक्रमा चारसय बढी कम्युनिष्ट नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्