OnlinePana

आज : २०८३ साउन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २५, २०८३काठमाडौं
३ पटक

२५ साउन २०८३, सोमबार

जुम्लाः तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँ निवासी कालु जेज्या (कालु जेठीआमा) अर्थात् कालु शाहीको ११७ वर्षको उमेरमा निधन भएको छ ।

विसं.१९६६ सालमा सोही वडाको नुवाकोट गाउँमा जन्मनुभएकी शाहीको ११७ वर्षको उमेरमा उहाँकै निवासमा सोमबार मृत्यु भएको हो । एकल जीवनबाट संघर्ष गर्दै आउनुभएकी उहाँले ६७ वर्ष अघि आफ्नो पति गुमाउनु भएको थियो । दुई छोरा मध्ये जेठो मानसिंह शाहीको २० वर्ष र कान्छो छोरा धनमल शाहीको सात वर्ष अघि निधन भएको थियो ।

पति र दुई छोराको विछोडको पीडा र शोकलाई शक्तिमा बदलेर जीवन गुजारा गर्दै आउनुभएकी उहाँले अब भने सँधैका लागि यो संसारबाट विदा लिनुभएको छ । आफ्नो जीवनकालमा नाति, पनाति र जनातिसम्म देखेर ११७ वर्षको उमेरमा देहत्याग गर्ने शाही कर्णालीको इतिहासमा सबैभन्दा जेठो महिला हुनुहुन्थ्यो । सोमबार नै शाहीको दाहसंस्कार गरिएको सिंहले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्