OnlinePana

आज : २०८३ साउन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १६, २०८३सुर्खेत
४४ पटक

१६ साउन २०८३, शनिबार

साहित्यकार वसन्ती शाहीद्वारा लिखित कथा संग्रह ‘आमा र आँसु’ तथा कविता संग्रह ‘यादका थुङ्गाहरु’ लोकार्पण गरिएको छ ।

फ्यूचर नेपालद्वारा आज सुर्खेत वीरन्द्रनगरमा आयोजित लोकार्पण समारोहमा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कथा तथा कविता संग्रह लोकार्पण गर्नुभएको हो । लोकार्पण समारोहमा बोल्दै प्रदेश प्रमुख जोशीले कर्णालीको दुवै कृतिले कर्णालीको यथार्थ चित्रण गरेको बताउनुभयो । मूलतः कर्णाली र सुदुरपश्चिम दुवै प्रदेशका महिलाहरुको वास्तविक पीडा, वेदना र भोगाईलाई यथार्थवादी तवरले कृतिमा उल्लेख गरिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख जोशीले भन्नुभयो, “विशेषगरी कर्णालीको समसामयिक विषय, कुरिती, कुसंस्कार, कुप्रथा, विकृति, विसंगति संग्रहमा समेटिएको छ । साहित्यकार शाहीले कर्णालीका महिलाको पीडालाई र विकासलाई कृतिका माध्यमबाट सन्देश दिन खोज्नुभएको छ ।”

समारोहमा पूर्व प्रहरी नायब महानिरीक्षक महेशबिक्रम शाह, डा.नवराज केसी, डा.महेन्द्रकुमार मल्ल र पत्रकार ज्योति कटुवालले कथा र कविता संग्रहका साथै साहित्यकार शाहीले लेखकीय क्षेत्रबाट खेल्नुभएको भूमिका बारेमा टिप्पणी गर्नुभयो । टिप्पणीकर्ताहरुले दुवै कृति निक्कै सरल, सहज, सामान्य भाषा शैलीमा कृति सिर्जता गर्न साहित्यकार शाही सफल भएको बताउनुभयो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुरले कर्णालीमा साहित्य रचना गर्ने सीमित महिला मध्ये शाही एक भएको बताउनुभयो ।

समारोहमा साहित्यकार शाहीले आफ्नो भोगाइ र सिकाइबारे जानकारी दिँदै हुम्लाकी महिलाले भोगेको पीडा आफूले पनि भोगेका बताउनुभयो । लोक सेवा आयोग कर्णाली प्रदेश सुर्खेतको कार्यवाहक अध्यक्ष समेत रहनुभएकी कथाकार शाहीले कर्णालीकी बुहारी, समय सकस गैर आख्यान लेखिसक्नुभएको छ । साहित्यकार शाहीको ‘आमा र आँसु’ कथा संग्रहमा १४ वटा कथा समेटिएको छन् भने तथा ‘यादका थुङ्गाहरु’ कविता संग्रहमा ८२ वटा कविता समेटिएका छन् ।

 

प्रतिकृया दिनुहोस्