OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राम प्रकाश विकआषाढ १९, २०८१ जुम्ला
२६८ पटक

गर्भवती आमा र शिशुको पोषणमा सुधार ल्याउन आमाहरुलाई टर्नेलपाल वितरण गरिएको छ। जिल्लाको गुठिचौर गाँउपालिका वडा ३ का ३९ जना आमालाई एकएक वटाका दरले हजारि र टनेल पाल वितरण गरिएको हो । हरियो सागपात खाने बानीको विकास गर्नका लागि हजारि र टनेलपाल वितरण गरिएको गुठिचौर गाँउपालिका वडा नम्वर ३ कि वडा सचिव पविता रोकाया (वुढा)ले वताउनुभयो ।

एक हजार दिनका आमा र शिशुको पोषणमा सुधार ल्याउन समाग्री वितरण गरेको उहाँको भनाई छ ।’ ग्रामीण क्षेत्रका आमाहरु पौष्टिक आहाराको कमीका कारण जोखिममा रहेकाले पोषणमा सुधार ल्याउन टनेल पाल र हजारि वितरण गर्ने कार्यलाई अगाडि बढाइएको वडा सचिव रोकायाले बताउनुभयो ।

गर्भवति र एक हजार दिनका आमाले पाएको टनेल पाललाई गोठ र घरको छानामा प्रयोग गर्ने गरेको पाएकोले त्यसो नगरी पोषण परिवर्तनको लागि प्रयोग गर्न गुठिचौर ३का वडा अध्यक्ष ईन्द्र वुढाले आग्रह गर्नुभयो । सरकारलाई लगानी गर्न उर्जा थपिदिन अध्यक्ष वुढाले अनुरोध गर्नुभयो । उहाँका अनुसार, बजारमा बनिबनाउ खाना निरुत्साहित गरि अर्गानिक खानालाइ प्रवद्धन गर्नुपर्नेमा जोड दिनुभयोे ।

वडालाइ समृद्ध र सफल बनाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने उहाँले वताउनु भएको छ । पोषणमा सुधार गर्नका लागी अर्कोबर्ष पनि पोषणमैत्री वडा बनाउन निम्ति यस्ता कार्यक्रम संचालन गरिने अध्यक्ष वुढाले वताउनुभयो । उहाँले भनुभयो, तपाईंको प्रगतिले सरकारको उर्जा थप्ने र सफल सरकार बनाउनेतर्फ ध्यान जानेमा ढोक भएको वताउनु भएको छ । वितरण गरेको टर्नेल पाललाई असोजको पहिलो हप्ता भित्र करेसा वाडिमा हालि सक्नुपर्ने उहाँले वताउनु भयो । सवैको घरघरमा अनुगमन गरिने टर्नेल पाल नदेखिए कार्वाहि गरिने वताउनुभयो ।

बच्चाको मानसिक विकास २ वर्षको उमेरसम्म ८० प्रतिशतले विकास हुुने हुँदा गर्भ रहेदेखि बच्चाको उमेर २ वर्षभित्र आमा र बच्चा दुवैलाई अत्यन्तै स्याहार गर्नुपर्ने गुठिचौर गाँउपालिका वहुक्षेत्रिय पोषण कार्यक्रमका सहजकर्ता जगि प्रसाद धितालले वताउनुभयो । जसमा गर्भमा ५० प्रतिशतले र जन्मपश्चात २ वर्षभित्र ३० प्रतिशत गरि २ वर्षभित्र ८० प्रतिशतले बच्चाको मानसिक विकास हुने उहाँले वताउनु भएको हो । यो समय अवधिमा आमाहरुको खानपानसम्बन्धी ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

यो समयमा हरेक बार खाना ४ भन्ने नारालाई आत्मसाथ गर्दै आमाको खानपानमा विशेष जोड दिन आग्रह गर्नुभयो । स्वास्थ्य संस्थामा ८ पटकको गर्भ जाँच अनीवार्य गर्नुपर्ने पोषण कार्यक्रमका सहजकर्ता धितालको सुझाव छ । बच्चा आमाको स्वास्थ सुधार होस् । वितरणसँगै गर्भवती आमाहरुलाई पौष्टिक आहारा खानका लागि जनचेतना दिने कार्यसमेत गरिँदै आएको उहाँले वताउनुभयो । उहाँले अन्न, गेडागुडी, घ्यु तेल माछा मासु र अण्डा, फलफुल सागपात र तरकारी जस्ता खाने कुरालाई प्राथामिकता दिनुपर्ने उहाँको भनाई । गुठिचौर गाँउ कार्यपालिका सदस्य बसन्ति वुढा, गुठिचौर गाँउपालिका पशु शाखा प्राविधिक सहिक लक्ष्मि चन्द्र अधिकारि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्