

२०८१ असार २५ गुठिचौर वडा स्तरका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ। गुठिचौर गाँउपालिका वडा५ भित्रका युवा क्लब र बाल क्लबविच पोषण सम्बन्धि अभिमुखिकरण गरिएको छ । पालिकाको महिला तथा बालवालिका शाखाको आयोजना र गुठिचौर गाँउपालिका वहुक्षेत्रिय पोषण कार्यक्रमको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो । यस किसिमका स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रमहरुको आवश्यकता रहेको र भविष्यमा पनि यस किसिमका कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्ने देखिन्छ ।
कार्यक्रम बोल्दै, गुठिचौर गाँउपालिका वडा ५ का वडा अध्यक्ष कमल वहादुर महतले यो आर्थिक वर्षमा वडालाई पोषणमैत्रि वडा घोषण गर्ने वताउनुभयो । उहाँले भनुभयो, पोषणमा सुधार ल्याउनका लागी रैथाने बालिको प्रवद्धन र संरक्षण गर्न जरुरि रहेकोमा जोड दिनुभयो । उहाँले हामी स्वस्थ रहेमा सबै जनता स्वास्थ हुने कुरालाई पनि जोड दिनुभयो ।
समाज विकास हुनका लागी पोषण सुधार आश्यकता रहेको वताउदै, रैथाने बालिका परिकार वनाउन अध्यक्ष महतको आग्रह छ । उहाँले सुनौलो हजार दिनका आमा र गर्भवतिको लागी कुखुरा, ट्नेल पाल, अण्डा, विउविजन लगाएतका समाग्री वितरण गरेको वताउनुभयो । यस्ले पोषणमा परिवर्तन गर्नेमा विश्वस्थ भएको उहाँको भनाई छ । उहाँले तालिमबाट सिकेका ज्ञान उपयोग गर्दै जानुपर्ने र अरुलाई सिकाउदै जानुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, समाजम रहेको कुप्रथाका कारण कुपोषण वृद्धि भएको गुठिचौर गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरिले वताउनुभयो । उहाँले भनुभयो, छाउपडि प्रथा मान्ने दहि, दुध नदिने, सागपात नदिने, मासु नदिने लगाएत कारणले पनि पोषण सुधारमा समास्य आएको वताउनु भएको छ । विकृति कम गर्नका लागी बाल क्लब र युवा क्लब भुमिका महत्वपुर्ण रहेको अधिकृत गिरिले वताउनुभयो । कुपोषण अन्त्य गर्न क्लबले धेरै काम गर्ने उहाँको भनाई छ । अधिकृत गिरिले भनुभयो, जीवन स्वस्थ रहन स्वास्थ्यकर खाना खाएर नियमित व्यायाम गर्न सुझाव दिनुभयो ।
त्यस्तै, गुठिचौर गाँउपालिका महिला तथा बालवालिबा शाखा प्रमुख सुस्मिता थापाले पोषणको विकासका लागी गर्भवति आमा देखि सबैको उतिकै भुमिका रहेकोे वताउनुभयो । शाखाले षोषणको क्षेत्रमा सकड नाटक, देउडा प्रतियोगिता विभिन्न जनचेतनामुलक कार्यक्रम गदै आएको थापाको भनाई छ । कुपाषणलाई निरुत्साहित गर्न सबैको जिम्मेवारि उतिकै रहेको उहाँले वताउनुभयो। असारको व्यस्त समयमा पनि कार्यक्रममा बाक्लो उपस्थिती भएको हुनाले स्वास्थ्य प्रति सबैको चासो रहेको देखिएको अनुभूती भएको शाखा प्रमुख थापाले जनाउनुभयो ।
त्यस्तै, गुठिचौर गाँउपालिका ५ का वडा सदस्य देवराज धितालले घरमा पालेका गाई भैसिको दुर्ध वजार लिने र गाँउमा नपाईने समस्य वढेको वताउनुभयो । उहाँले यसले पनि पोषणमा असर गरेको वताउनुभयो । घरमा आफैले उबाजेका रैथानि बालि धेरै नलगाउने र भएको शक्तिदिने बालि बेच्दा कुपोषण वढनेमा जोड दिर्नुभयो। उहाँले भनुभयो, परापुर्वकालका बालिको उर्वजनमा गिरावट आएको र संरक्षण नहुदा पनि कुपोषण वढने उहाँको भनाई छ । त्यस्तै, गुठिचौर गाँउपालिका स्वास्थ्य शाखाकि सि अनमि मनोरमा महतले प्रशोधित खाना भन्दा घरमै बनेका खाना खान आग्रह गर्नुभयो । उहाँले २०२२ को तथ्यङ्क हेर्दा कर्णालीमा पुर्ण स्थापान दर ७४ प्रतिशत रहेको उहाँको भनाई छ । एक व्यक्ति बिरामी भएमा उसको पुरै परिवार लगायत, आफन्तहरुकै आर्थिक तथा मानसिक तनाव हुने भएकोले स्वस्थ रही खुशी जीवनयापन गर्न खानपिन र व्यायामलाई प्राथमिकतामा राख्न सि अनमि महतले आग्रह गर्नुभयो ।
गुठिचौर गाँउपालिका वहुक्षेत्रिय कार्यक्रमका सहजकर्ता जगि धितालले स्वास्थमा समस्या आउनुको मुख्य कारण मोटापन पनि रहेको बताउनुहुँदै चिल्लो, धेरै गुलियो तथा पिरा खानेकुरा संग टाढा रहन सल्लाह दिनुभयो। अरुको सिको गरेर अस्वस्थकर खाना खानु भन्दा घरमै बनेका खानेकुरा स्वास्थकर हुने धितालले भन्नुभयो ।