
८ भदौ २०८३, सोमबार
सुर्खेतः कर्णाली प्रदेशमा ‘बालश्रम निवारण तथा बालश्रम स्थानीय तह घोषणासम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम’ सम्पन्न भएको छ ।
नेपाल सरकार, युवा, श्रम, रोजगार तथा रोजगार मन्त्रालयद्वारा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को समन्वयमा सुर्खेत वीरेन्द्रनगरमा उक्त कार्यक्रम सम्पन्न भएको हो । बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५–२०८५ को प्रभावकारी कार्यान्वयन गर्ने सन्दर्भमा बालश्रम स्थानीय तह घोषणा कार्यविधि, २०७७ अनुरुप घोषणासम्बन्धी एक दिवसीय अन्तरक्रिया सम्पन्न गरिएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को राष्ट्रिय परियोजना संयोजक नारायणप्रसाद भट्टराईले बालश्रमसम्बन्धी आइएलओको मापदण्ड, परिभाषा र विश्वव्यापी प्रवृति, यसले स्थापित गरेका मान्यता, विशेषता, सीमा, न्यूनतम उमेर सम्बन्धी आइएलओ महासन्धि धारा १३८, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून, विश्वमा बालश्रमको अवस्थाबारे आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।




