OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

सिञ्जामा ‘खस संग्रहालय’ शिलान्यास

सिञ्जावसीले मनाए खुशीयाली

नेत्र शाहीआषाढ १५, २०७६सिञ्जा जुम्ला,
१२१६ पटक

बिष्टबाडा सिञ्जा, असार ७ गते । खस सभ्यता झल्किने गुन्यू चोली, कालो कम्वल, गहना सँगै सजिएका स्थानीय महिलाहरुले मागल गाउदै, पञ्चेवाजा बजाउदै, कलस यात्रा सहितको तामझामको कार्यक्रम सिञ्जाको बिष्टवाड गाउँको वरिपरि घुम्दा स्थानीय दंग परेका थिए ।
विहीवार पञ्चेवाजा, हातमा कलश, खस सभ्यताका विभिन्न पोषाकमा सजिएका सयौ स्थानीयले तामझामका साथ अतिथिलाई स्वागत गर्दा सिञ्जाको विष्टवाडामा मेला नै लागेको थियो । मेला लाग्दा अतिथिहरु पनि अच्चमित भएका थिए ।
नेपाली भाषाको उदगम स्थल तथा बहुप्रतिष्ठित सभ्यताको मुहान मानिएको सिञ्जा क्षेत्रमा सरकारले खस संग्रहालय निर्माण कार्य आरम्भ हुदा स्थानीयहरु खुशीले गदगद हुनुका साथै सिञ्जाको ईतिहासको झल्को देखिन्थ्यो ।
सिञ्जा गाउँपालिका वडा नं २ बिष्टबाडामा एक भब्य कार्यक्रमका वीच स्थानीय सरकार, स्थानीय सिञ्जावासीहरु र सरोकारवाला निकायहरुको उपस्थितिमा खस संग्रहालय शिलान्यास कार्यक्रम ईतिहास झल्काउने कार्यक्रम रहेको धेरैले अनुमान गरेका छन् ।
सिञ्जा सभ्यताका ऐतिहासिक, पुरातात्विक, धार्मिक, सांस्कृतिक सम्पदाहरु झल्किने तथा पर्यटकहरुका लागि अवलोकन केन्द्रको रुपमा संग्रहालय लामो समय देखि माग भईरहेतापनि बिहीवार काम अगाडि बढाउन औपचारिक शिलान्यास गरिएपछि अव सिञ्जा सभ्यतालाई सरकारले न्याय गर्न थालेको स्थानीयको भनाईछ ।
नेपाल सरकार उद्योग वन पर्यटन तथा बाताबरण मन्त्रालयको रु ५० लाखको सहयोगमा खस संग्रहालयको काम शुरुवात भएको सिजा सभ्यता खस संग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष स्थानीय देविकृष्ण तिवारीले जानकारी दिनुभयो ।
सिञ्जा खस संग्रहालयको शिल्यान्यास कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सरकारले शुरुवात गरेको संग्रहालयको शुरुवात निकै राम्रो भएको तर बजेट निकै कम भएको बताउनुभयो । उहाँले संग्रहालय निर्माण र पूर्वाधारका लागि स्थानीय सरकारले समेत प्रथामिकता दिने प्रतिवद्धता जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले ईतिहास वोकेको सभ्यताको खानी सिञ्जामा बन्ने संग्रहालयले निकै महत्व राख्ने र निर्माण कार्यमा पारदर्शिता र गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो । जिल्ला स्तरमा पर्यटन क्षेत्रको सरोकार राख्ने सरकारी कार्यालय भू तथा जलादार व्यवस्थापन कार्यालयका प्रमुख शेरबहादुर श्रेष्ठले सिञ्जामा बन्ने संग्रहालय चाडै वन्न आवश्यक रहेको र यसका लागि सवैको सहयोग समन्वय रहेको बताउनुभयो । उहाँले संग्राहालय निर्माणमा सरकारले प्रथामिकता दिने प्रतिवद्धता जनाउनुभयो ।
राष्ट्रिय अभिलेखालयमा सुचिकृत जुम्ला जिल्लाका ३३ वटा सम्पदाहरु मध्ये १३ औ सताब्दीको चार वटा ऐतिहासिक देवलहरु सहित बिभिन्न आठवटा सम्पदाहरु रहेको बिष्टबाडा गाउँमा सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, जनप्रतिनिधीहरु, सरोकारवाला निकायहरु र स्थानीयको सहभागितामा खस संग्राहलय शिल्यान्यास हुदा स्थानीयले स्थानीय बाजागाजा, मागल, गितहरु सहित स्वागत गर्नुका साथै खुशीयाली मनाएका छन् ।
सिञ्जा गाउँपालिका सो क्षेत्रमा पर्ने वडा नं २ का अध्यक्ष नविन शर्माले संंग्रहालय स्थापना पछि पर्यटकहरुका लागि सिञ्जा सभ्यता झल्काउने पूर्वाधार जुटाउन आवश्यक रहेको बताउनुभयो ।
सिञ्जा सभ्यता संग्रहालय स्थापनाका अभियान्ता डिल्ली प्रसाद तिवारीले खुशी हुदै भन्नुभयो, सिञ्जा सभ्यता सँग जोडेर वन्न लागेको संग्रहालयले आउने पर्यटक र अनुसन्धानकर्ताहरुलाई सिञ्जा सभ्यताको एकसरो अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने लक्ष्य रहेको बताउनुभयो ।
ओझेलमा सम्पदाहरु ः
तत्कालिन समयमा विशाल साम्राज्य भएको सिञ्जा सभ्यताका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरु अहिले सम्म ओझेलमा परेका छन् । पुरातात्विक सम्पदाहरु बृस्तृत रुपमा खोज अनुसन्धान तथा रेकर्ड समेत हुन नसकेको र उनिहरुकोे संरक्षणमा राज्यले पनि प्रथामिकता नदिएको स्थानीयको गुनासो छ । सरकारले घोषणा गरेको एकसय पर्यटकीय गन्तब्यमा भने सिञ्जा क्षेत्र पनि परेको छ ।
यसैगरी पर्यटकहरुलाई मध्यनजर गर्दै सिञ्जा क्षेत्रका दुई स्थान हिमा गाउँपालिकाको वडा १ वड्की र मालिकावोता गाउापालिका १ मा होमस्टे काम शुरु भईरहेको छ ।

प्रतिकृया दिनुहोस्