

३० चैत २०८२, सोमबार
सुर्खेतः ‘कर्णाली उत्सवः कुडा कर्नालीका’को सातौ संस्करण सोमबार सम्पन्न भएको छ । ऋति फाउण्डेसन सुुर्खेतले यही चैत २८–३० गतेसम्म सञ्चालन गरेको उत्सवमा कर्णालीका विभिन्न आयाममा छलफल गरिएको थियो ।
कर्णालीको भूगोल, संस्कृति र संभावनालाई मन्थन गर्ने विचारको साझा चौतारीका रुपमा विकास हुँदै गएको ‘कर्णाली उत्सवः कुडा कर्नालीका’ कार्यक्रममा यहाँको साहित्य, कला, सङ्गीत, समाज र विकासका विविध विषयमा बिमर्शका साथै प्रस्तुति राखिएको उत्सव आयोजक समितिको सचिवालयका संयोकज कमल लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार उत्सवमा महिला नेतृत्वदेखि सिमान्त मान्ठ, संघर्ष र सफलताको कथा निर्माणका गरेका पैकला (नायक)हरुको कथा, जेनजेट पुस्ताको सडकदेखि सदनसम्मको प्रभाव र पहुँच, उपल्लो कर्णालीको रैथाने उपचार पद्धति रोवा रिग्पाको बौद्धिक चर्चा तथा उर्जा, प्रविधिको विकासका सवालमा बहस गरिएको थियो ।
कार्यक्रमको पहिलो दिन चैत २८ गते वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले नेतृत्वमा ‘नारी नेतृत्व’ विषयमा प्रवचन दिनुभयो । सात वर्षसम्म सञ्चालन भएको उत्सवबारे ‘सात वर्ष सात प्रयास’ शीर्षकमा श्रव्य दृश्य सामग्री प्रदर्शन गरिएको थियो । त्यसैगरी, देवन्द्ररमण खनालको ‘कर्णालीमा बैङ्किङ लगानी’ विषयक प्रस्तुति र केशव दाहालको ‘मोक्षभूमि कर्णाली’ विषयक विशेष प्रवचन प्रस्तुत गरियो ।
त्यस्तै, ‘सुइना कर्णालीका’ विषयमा प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटा, खडकबहादु बुढा, लक्ष्मीप्रसाद पोखरेल, रमेशकुमार मल्ल, राधिका रम्तेलसँग पत्रकार रविन्द्र सुवेदीले छलफल गर्नुभयो, ‘जेनेजीः सडकदेखि सदनसम्म’ शीर्षकमा पत्रकार आदित्य खनालको सहजीकरणमा प्रतिनिधिसभा सदस्य मनिष खनाल,, जेनजी अगुवाहरु रक्षा बम, धीरज जोशी, र प्रकाश बोहोराले बहस गर्नुभयो ।
पैकेलो शीर्षकमा डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले आफ्नो संघर्ष र सफलताको कथा सुनाउनुभयो । ‘शक्तिको सोपान बाँडफाँटदेखि विकाससम्म’ विषयमा कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति विन्दमान विष्ट, गाउँपालिका महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नेपाल सरकारका अर्थसचिव डा.घनश्याम उपाध्याय, सुशासनविद् विष्णु अधिकारीसँग छलफल गरिएको थियो ।
उद्यमशील समाज र उजेलो अर्थतन्त्र विषयमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा, आईबिबिका बिउटी सराफसँग पत्रकार सुजन ओलीले सहजीकरण गर्नुभयो । ‘पोजिसन कर्णाली’ विषयमा हरिहर न्यौपानेले प्रस्तुति दिनुभएको थियो ।
उत्सवको आकर्षण ‘कर्णाली कन्सर्ट शीर्षकमा जुरुक्क कर्णाली’ जदौ हजुर ब्यान्ड, देउडा गायक इब्सल सञ्ज्याल, स्मारिका फुयाल, विपना सिंहलगायतका कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहेको थियो ।
त्यस्तै, उत्सवको दोस्रो दिन चैत २९ गते प्रतिरोधका पाईला शीर्षकमा विद्धत प्रवचन दिनुभयो । कनेक्टिङ कर्णाली शीर्षकमा स्वतन्त्र उर्जा उत्पादक संघका कार्यकारी सदस्य, सुमन जोशी, नेपाल सरकारका पूर्व सचिव केशवकुमार शर्मा, एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मासँग नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व उपप्रमुख उमा थापा मगरले सहजीकरण गर्नुभयो ।
शिक्षाको उकाली ओराली शिर्षकमा कर्णाली प्रदेश सरकारका सामािजक विकासमन्त्री घनश्याम भण्डारी, चौकुने गाउँपालिकाका अध्यक्ष खड्कबहादुर विश्वकर्मा, मध्यपश्चिम विश्वविद्यालयका अनुसन्धान निर्देशक डा.पुष्पराज आचार्य, प्रधानध्यापक नमकली नेपालीसँग शिक्षा अभियानकर्मी कौशीला चन्दले सहजीरकण गर्नुभयो ।
विकासको गोरेटो, प्रकृतिको ओत शीर्षकमा प्रतिनिधिसभा सदस्य केपी खनाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा.नरेश सुवेदी, नेपाल सरकारका उपसचिव रुपक रावल, र मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पवन थापासँग पत्रकार ज्योति कटुवालले सहजीकरण गर्नुभयो । उद्यमको उडान शीर्षकमा होटल व्यवसायी पोषण रेग्मी, सर्जिकल व्यवसायी कल्पना विष्ट, कृषि व्यवसायी रोशन सिंह र रत्न व्यवसायी शिला नेपालीसँग पत्रकार पुरोषतम सापकोटाले संवाद गर्नुभयो ।
त्यस्तै, डट्पेनदेखि डटकमसम्म शीर्षकमा पत्रकार किरण नेपाल, उमेश श्रेष्ठ र कृष्णमाया उपाध्यायसँग मिडिया अध्येता ईन्द्रध्वज क्षेत्रीले सहजीकरण गर्नुभयो । उत्सवको तेस्रो दिन चैत ३० गते चिकित्सक डा.रामजीले भूईदेखि भूमिकासम्म शीर्षकमा विद्धत प्रवचन दिनुभयो ।
घुमिफिरी कर्नाली शीर्षकमा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश सरकारका सचिव अजितकुमार कर्ण, पर्यटन उद्यमी देवराज जैसी, होमस्टे सञ्चालक रचना बाँठासँग पत्रकार ललित बुढाले बहस गर्नुभयो ।
महिला मुखिया शीर्षकमा भेरीगंगा नगरपालिका सुर्खेतका उपाध्यक्ष धनसरा बोहोरा, ठाकुरबाबा नगरपालिका बर्दियका उपप्रमुख बिनाकुमारी भट्टराई, गैंडाकोट नगरपालिका नवलपरासीका उपप्रमुख शान्ति कोइरालासाग द स्टोरी किचनका रणनीतिक सल्लाहकार राजन पराजुलीले सहजीकरण गर्नुभयो । परम्परागत चिकित्सा पद्धति रोवा रिग्पा शीर्षकमा डोल्पाका यांकर आम्ची पेमा लामासँग जडीबुटी विज्ञ एवं उद्यमी राजेन्द्र विष्टले संवाद गर्नुभएको थियो ।
त्यसैगरी, नखिचिएका सिनेमा शीर्षकमा महानायक राजेश हमालसँग पत्रकार एवं फिल्ममेकर देवकी विष्ट र खस कुडा खास कुडाः टपक्क टप्पा, सपक्क सिंगारु शीर्षकमा डिल्ली बिसीले वक्ताहरु पृथ्वीबहादुर सिंह (सुर्खेत) र निर्मला गिरी (रुकुमपश्चिम) छलफल गर्नुभयो । उक्त कार्यक्रममा गीत, कविता, गजललगायत साहित्यिक एवं सांगितीक कार्यक्रमहरु समेत गरिएको थियो ।
उत्सवमा कर्णालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरेका तीन पैकेलाहरु क्रमशः जुनु हमाल ढकाल (प्रमुख जिल्ला अधिकारी), रतन देवकोटा (रेथाने संगीतकर्मी) र चिकित्सक डा.अखण्ड उपाध्यायको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको थियो ।
उक्त उत्सवमा सहभागी वक्ताहरुले समाज बदल्न नीतिगत तहमा महिला नेतृत्व, वातावरणमैत्री विकास, सडक, बिजुली र ईन्टरनेट, वित्तीय स्रोतको समुचित परिचालन, कर्णाली विकासको मूलधारमा पुर्याउन जनप्रतिनिधिको भूमिका, विकास भन्दा राज्यले कर्णालीलाई न्याय दिनुपर्ने, हिमाली चिकित्सा पद्धति अवलम्बन गर्नुपर्ने जस्ता कुरामा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।







