OnlinePana

आज : २०८२ साउन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ २३, २०८२
१६८ पटक

२३ असार २०८२, सोमबार

सुर्खेतः सुर्खेतका सुनचाँदी रत्न आभुषण व्यवसायीहरुले सरकारले लगाएको बिलासिता र हिरा जुहारत पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेका छन् ।

१३ दिनदेखि आन्दोलित सुनचाँदी व्यवसायीहरुले आज करदाता सेवा कार्यालय सुर्खेतमा धर्ना दिएका थिए । सुनमा लगाइएको दुई प्रतिशत बिलासिता कर, हिरा जुहारात पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने माग राख्दै व्यवसायीहरुले आज करदाता कार्यालय सुर्खेतमा दबाब दिएका थिए ।

सरकारले लगाएको बिलासिता र मूल्य अभिवृद्धि करले नागरिकलाई नै चरम मारमा पारेको छ । उपभोक्ता, कर्मचारी, कारिगढ तथा व्यवसायीमैत्री ऐन सरकारले तत्काल जारी गरी हालै लगाएको दुवै प्रकृतिको कर खारेज गर्नुपर्ने नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ कर्णाली प्रदेशका अध्यक्ष देवीकृष्ण पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार १३ दिनदेखि सरकारले लगाएको करको विरुद्धमा आभुषण महासंघ तथा नेपाल सुनचाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशले संयुक्त आन्दोलन गर्दै आएका छन् । सुनचाँदी व्यवसायीहरुले पसल बन्द गर्दा नागरिकहरुले सास्ती खेप्दै आएका छन् ।

अध्यक्ष पाण्डेले व्यवसायीहरुका माग सरकारले पुरा नगरुन्जेलसम्म आन्दोलन जारी रहने बताउनुभयो । यही असार २६ र २७ सुनचादी तथा हिरा जुहारत रत्न व्यवसायीहरुले काठमाडौं केन्द्रित आन्दोलनका लागि देशका ७७ वटै जिल्लाबाट जम्मा भएर आन्दोलन गर्ने कार्यतालिका सार्वजनिक गरेका छन् ।

प्रतिकृया दिनुहोस्