OnlinePana

आज : २०८२ साउन २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन ४, २०८२
९० पटक

३ साउन २०८२, शनिबार

पछिल्लो समयमा सुर्खेत प्रहरीले एक पछि अर्को सफलता हात पार्दै गएको छ । दुई हप्ताभित्र जिल्ला प्रहरी कार्यालय सुर्खेतले आजसम्मकै ठूलो परिमाणमा अफिम र नक्कली नोट (खोटा मुद्रा) बरामद गरेको छ । अफिम मात्र प्रहरीले ३६ किलोग्राम बरामद गरेको छ ।

त्यस्तै असार ३० गते ३० किलोग्राम अफिमसहित रु.१३ लाख नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले साउन २ गते सुर्खेत वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत कृष्ण मन्दिर नजिक बस्दै आएका २३ विधान शाही र २२ वर्षीय आदित्य घिमिरेलाई पक्राउ गरी पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरेको छ । सुर्खेत प्रहरीले विभिन्न खालका सामाजिक अपराधमा संलग्नहरुलाई नियन्त्रणमा लिने अभियान आक्रामक बनाएको छ ।

उनीहरु बस्दै आएको एक घरबाट सेमिअटोमेटिक चाइनिज पेस्तोल, घरेलु हतियार, लागुऔषधजन्य औषधि र अखेटोपहारसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीररराज शाहीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी कार्यालयमा कालिञ्चोक क्षेत्रमा हातहतियार तथा ठूलो मात्रामा लागुऔषध रहेको छ भन्ने प्राप्त सूचनाका आधारमा दुई जना नियन्त्रणमा लिएर समान बरामद गरिएको थियो ।

प्रहरी उपरीक्षक शाहीले उनीहरुसँग लागुऔषध तथा हतियार रहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खोजीमा खटिएको बताउनुभयो । शंकास्पद अवस्थामा फेला पारी उनीहरुको शरीर तथा घर कोठा खानतलासी गर्दा त्यहाँबाट एक थान सेमिअटोमेटिक चाइनीज पेस्तोल, पेस्तोलमा लाग्ने १२ राउन्ड गोली, औषधिजन्य लागुऔषध एक हजार चारसय २६ ट्याब्लेट, विभिन्न आकारका चार थान खुकुरी, दुई थान चक्कु, एक थान कुलाडी, एक थान कैँची, एक थान नाइनस्टिकलगायतका विभिन्न हातहतियार तथा खरखजना बरामद भएको छ ।

कोठाबाट प्रतिबन्धित वन्यजन्तु जरायोको जस्तो देखिने ओखेटोपहार एक थान जरायोको (सिङ)समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिनुभयो । सुर्खेत प्रहरीले अपराध नियन्त्रणका लागि यसलाई महत्वपूर्ण सफलतका रुपमा लिएको छ ।

आरोपित शाही र घिमिरेविरुद्ध हातहतियार, लागुऔषध र वन्यजन्तु ओखेटोपहार मुद्दामा अनुसन्धान भइरहेको बताइएको छ । पक्राउ परेका २ जना मध्येका शाही २०७८ साल भदौ २७ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भइ फरार सूचीमा रहेको समेत प्रहरीले जनाएको छ ।

त्यसैगरी, गत असार ३० गते वीरेन्द्रनगर नगरपालिका १० सुर्खेत शान्ति टोल सुर्खेतमा कोठा भाडामा बस्दै आएकी कुशे गाउँपालिका ५ जाजरकोटका २२ वर्षीय दिलमाया सिंह ठकुरी, उनका दाजु ३३ वर्षीय रामबहादुर सिंह, भेरीगंगा नगरपालिका १२ सुर्खेत ठकुरीटोल बस्दै आएका कुसे गाउँपालिकाको वडा नं.७ गमौडीका ३५ वर्षीय कृष्णबहादुर वली र सोही वडाका ३८ वर्षीय प्रेमबहादुर विकलाई प्रहरीले पक्राउ गर्यो ।

अपराधिक गिरोहको साङलो पछ्याउँदै असार ३० गतेको रातभरि नसुतेर खोजतलास गर्दै जाने क्रममा नरहरिनाथ गाउँपालिका ४ कालीकोट स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका ११ न्यूरोडस्थित जनगर्जन मिडिया प्रालि.नामक मिडिया सञ्चालन गर्दै आएका मनबहादुर सहकारीलाई पक्राउ गर्न सफल भयो । बाँके प्रहरी भित्रको क्षेत्राधिकारमा पनि सुर्खेत प्रहरीले समन्वयात्मक भूमिकाबाट अवैध काम गर्नेलाई नियन्त्रणमा लिनुलाई प्रशंसनीय कार्य ठानिएको छ ।

सुर्खेत प्रहरीले उनीहरुबाट रु.१३ लाख नक्कली नोट र करिब रु.९० लाख बराबरको अफिमसहित क्यानन प्रिन्टर, हाइटेक लेखिएको सिपियु, जिलियन टेक लेखिएको मोनिटर, कि–बोर्ड, माउस, कार्डडिटर, चिप्स मेमोरी र क्यानन क्यामेरासमेत एक÷एक थान फेला पारी बरामद गरेको थियो ।

पक्राउ परेकाहरुमाथि लागुऔषध तथा जाली नोट कारोबार उद्योगमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढेको छ । त्यस्तै, असार २५ गते रु.आठ लाख बराबरको करिब छ किलोग्राम अफिम, केही नगद र डिजिटल तराजुसहित जुनीचाँदे गाउँपालिका १० जाजरकोट सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेतलाई पक्राउ गर्यो । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिई गएको प्रहरी टोलीले उनलाई भेरीगंगा नगरपालिका १० सुर्खेत छिन्चु बजारबाट नियन्त्रणमा लिएको थियो ।

सुर्खेत प्रहरीले सामाजिक अपराधका घटना तथा गतिविधिहरुलाई कडाईका साथ नियन्त्रण गर्ने सिलसिलामा विभिन्न अपराधमा संलग्न एक सय चार भन्दा बढी यो दुई महिनाभित्र पक्राउ गरिसकेको छ । वीरेन्द्रनगर बजार क्षेत्र र त्यसको आसपासमा हुने लागु औषध कारोवार तथा प्रयोग, वेश्यावृति तथा जुवातास जस्ता गतिविधिबाट दुई दर्जन बढीलाई पक्राउ गर्यो ।

त्यतिमात्र होइन, एकजना एचआइभी संक्रमित महिलालाई समेत पक्राउ गरेर प्रहरीले हरेक नागरिकलाई सचेत तुल्याएको छ । प्रहरीले सामाजिक अपराधमा संलग्नहरुलाई धमाधम पक्राउ गर्न थालेपछि हरेकलाई सचेत हुन बाध्य बनाएको भने गलत गर्नेहरुको भागभाग सुरु भएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्