OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाहीआषाढ ३०, २०७७सुर्खेत
५७५ पटक

३० असार २०७७, मंंगलबार

कर्णाली प्रदेशसभाका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतदेखि बाहिर जिल्ला जानका लागि आरटी पिसिआर गराएका प्रदेशसभा सदस्यको कोरोना पोजेटिभ देखिएको हो ।

प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ती सदस्यलाई संक्रमण देखिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । महाशाखा प्रमुख डा.तिवारीका अनुसार प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भए लगत्तै कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ ।

त्यस्तै, प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभाका अन्य सदस्यहरुको पनि स्वाब संकलन गरेर परीक्षण लागि प्रयोगशालामा पठाईएको छ । कसरी प्रदेशसभामा कोरोना छिर्यो भन्ने कुराको खोजी भईरहेको महाशाखा प्रमुख डा.तिवारीले बताउनुभयो ।

संक्रमित प्रदेशसभा सदस्य स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम आइसोलेसनमा रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । अत्यन्तै सुरक्षामा राखिएको प्रदेश सभामा नै कोरोना भाइरस देखिएपछि प्रदेश सरकारका मन्त्री, सभा सदस्य, कर्मचारी र सम्पर्कमा रहने पत्रकारहरुमा त्रास बढेको छ ।

प्रतिकृया दिनुहोस्