OnlinePana

आज : २०८१ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २३, २०७७काठमाडौं
११६६ पटक

२३ जेष्ठ २०७७ शुक्रबार

अदुवा र मरिच हालेको कालोचियाँ, गुर्जो तथा नियमित तातोपानी पिएरै कोरोना (कोभिड–१९) जितेको कुरा कतिपयलाई पत्यार नलाग्न सक्छ, तर, नेपाल प्रहरीका दुई कर्मचारी भने औंषधिका नाममा यिनै घरेलु उपचारबाट निको भएर फर्किएका छन् ।

‘‘खानपान र व्यायामले नै कोरोना जितियो,’’ अस्पतालबाट बाहिर आएका एक सुरक्षाकर्मीले खुसी हुुँदै भने । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायब निरीक्षक प्रहरी नायब निरीक्षक र जवान गरी दुईजनामा ११ दिनअघि कोरोना संक्रमण देखिएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुले खानपान र व्यायामबाटै कोरोनासँग युुद्ध जितेका हुन ।

अस्पताल बसाईको १० दिनपछि उनिहरु घर फर्किएका छन् । हामीले तातोपानी, कालो चिया र शारीरिक व्यायाम गरेर कोरोनालाई जितेको अनुुभव सुनाए ।
‘‘रिपोर्ट पोजेटिभ आएको दिन तनाव भयो, अस्पतालमा भर्ना भइसक्दा पनि निद्रा नै परेन, आफैले आफैलाई ढाडस दिदै साता दिनमै कोरोना जित्नु पर्छ भन्ने उच्च मनोबलका साथ बस्दा पहिलो रिपोर्ट नेगेटिभ आएपछि आशा पलायो’’, प्रहरी नायव निरीक्षकले भन्नुभयो ।

सशस्त्र प्रहरी अस्पतालका चिकित्सक प्रहरी उपरीक्षक प्रवीण नेपालले प्रायः बिरामीमा लक्षण नदेखिने भएकाले अरू औंषधि चलाउनुु पर्ने अवस्था नआएको जानकारी दिए । अस्पतालमा भर्ना भएका १६ जना मध्ये चारजना सुरक्षाकर्मी र एक सर्वसाधारण निको भएर फर्किसकेका छन् ।

नेपाली सेनाका उपरथी, सैनिक चिकित्सक शुक्रबार र प्रहरीका सई र जवान शनिवार घर फर्किएका हुन । सरसफाईका अतिरिक्त नियमित तातोपानी, सादा खाना, नियमित ब्यायम, मरिच, टिमुर, अदुवा हालेको चिया र गुर्जो खाएर रोगलाई जितेको बताएका हुन ।

सरसफाईका अतिरिक्त नियमित व्यायम, शुद्ध खाना, घरेलु जडिबुटी खान प्रोत्साहन गर्ने गरेको पाइएको छ । नियमित औषधि सेवन गरिरहेकाहरूलाई सोही औषधि र लक्षण देखिएकाहरूलाई लक्षणको प्रकृति अनुसार, औषधि सञ्चालन गर्ने गरेको जानकारी चिकित्सकले दिएका हुन । गोरखापत्रबाट

प्रतिकृया दिनुहोस्