OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १४, २०७७सुर्खेत
५४७ पटक

१४ जेठ २०७७ बुधबार

पश्चिमरुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ ।

जाजरकोटको भेरी नगरपालिका ११ कुदुका लोकेन्द्र सुनारको शव घटनास्थलबाट करिब १० किलोमिटर तल कुदु नजिक भेरी नदी किनारमा फेला परेको हो । उनी यही जेठ १० गतेबाट बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले लोकेन्द्रको शव भेटिएको पुष्टि गर्नुभयो । मृतकका परिवार र आफन्तले लोकेन्द्रको शव फेला पारेको उहाँले जानकारी दिनुभयो । यससँगै रुकुमपश्चिमको यो घटनामा ज्यान गुमाउनेहरुको संख्या चार पुगेको छ । यसअघि भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा र चौरजहारीका टीकाराम सुनारको शव फेला परेको थियो ।

भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक अझै वेपत्ता छन् । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोरको टोली परिचालन गरेको छ ।जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विककी प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला स्थानीयले आक्रमण गरेका थिए ।

ज्यान जोगाउन नवराजसहितका केही युवाहरु भेरी नदीमा हाम फालेको बताईएको छ । घटनामा संलग्न भएको भन्दै मृतकका परिवारले २० जनाविरुद्ध किटानी जाहेरीसमेत दिएका छन् । रुकुमपश्चिम प्रहरीले १२ जनालाई पक्रेको छ भने आठ जनाको खोजी भइरहेको जनाएको छ ।

यस घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले छानबिन समितिसमेत गठन गरिसकेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुमपश्चिमले पनि छानबिन समिति गठन गरेको छ ।

प्रतिकृया दिनुहोस्