OnlinePana

आज : २०८१ भाद्र २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राम प्रकाश विकआषाढ ६, २०८१ जुम्ला
१४० पटक

गुठिचौर गाँउपालिकाको लक्ष्मि सनराईज वैक शाखाले विद्यालयलाई पोशाक सहयोग गरेको छ । लक्ष्मि सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जुम्लाको गुठिचौर गाँउपालिका वडा १ चोत्रमा रहेकोे हिमाली रम्बा आधारभुत आवासिय छात्राबासका बालबालिकाका लागी विद्यालय पोशाक सहयोग गरेको हो । लक्ष्मि सनराइज बैंकले एक कार्यक्रमकाबीच गुठिचौर गाँउपालिका १ चोत्रमा रहेको आवासिय विद्यालयमा अध्यायनरत विपन्न, गरीब तथा जेहेन्दार विद्यार्थीलाई १२जोर विद्यालय पोशाक हस्तान्तरण गरिएको लक्ष्मि सनराईज बैंक गुठिचौरका शाखा प्रमुख धन वहादुर वलिले जानकारि दिनुभयो । उनीहरुको पठनपाठनमा सहयोग पुगोस् भनेर विद्यालय पोशाक सहयोग गरेकोे शाखा प्रमुख वलिले वताउनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अंगत वहादुर रोकायको अध्यक्षता तथा गुठिचौर गाँउपालिका वडा १ का कार्यवाहक अध्यक्ष रामलाल रोकायको उपस्थितिमा सहयोग सामग्री वितरण गरेको हो । विद्यालयका विद्यार्थिको आवश्यकताको आधारमा सहयोग गरिएको र सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तरगत पर्ने सहयोग समाग्री आगामि दिनमा पनि सहयोग गर्ने शाखा प्रमुख वलिले वताउनुभयो । बैंकको गुठिचौर शाखा स्थापना कालदेखि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत समुदायमा संचालन गदै आएको छ ।

त्यस्तै, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अंगत वहादुर रोकायले विद्यालयमा अध्यायनरत बालबालिकाको लागी सहयोग गर्ने बैंक परिवारलाइै धन्यवाद ज्ञापन गर्नुभयो । आगामि दिनहरुमा यस्ता खाल्का सहयोगको अपिक्षा गरिएको अध्यक्ष रोकायले वताउनुभयो । जिल्लाको विकट र गाँउपालिकाको कुनाको विद्यालयलाई बैकले सहयोग गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो ।

त्यस्तै, हिमाली रम्बा आवासिय विद्यालयका शिक्षक नेत्र वहादुर रोकायले विद्यालयमा सहयोगी दाताको खाचो रहेको वताउनु भएको छ । उहाँका अनुसार, विद्यालयमा कम्प्युटर, उज्यालोको समास्य, मोवाईल नेटवर्कको समास्या भएको वताउनुभयो। त्यो समास्यले फोनबाट हुने काम भएपनि मोबाईल नेटवर्क खोज्नपर्ने अवस्था रहेको उहाँको भनाई छ।

हिमाली रम्बा आवासिय विद्यालय अहिले भाडामा चलाउदै आएको शिक्षक रोकायले वताउनुभयो । नयाँ भवन केहि समयपछि सर्ने तयारि थालिएको र मरमत भई रहेको उहाँले वताउनुभयो । बन्दै गरेको विद्यालयमा पनि खानेपानिको समास्या हुने देखिएको शिक्षक रोकायले वताउनुभयो । हिमाली रम्बा विद्यालय नमुना पढाईमा केन्द्रित रहेको उहाँले वताउनु भएको छ । उहाँले विद्यालयलाई सहयोग गर्ने सवै सहयोगि दातालाई धन्यवाद ज्ञापन गर्नुभयो । विद्यालयको समास्य मध्यनजर गरेर सहयोग गरे अझ राम्रो हुने उहाँले वताउनुभयो ।

पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई निकै प्राथमिकता दिदैं आएको लक्ष्मि सनाईज बैंक जुम्ला जिल्ला शाखा प्रमुख खडक प्रसाद देवकोटाले वताउनुभयो । उहाँले यस्ता कार्यक्रम देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको उहाँको भनाई छ । जिल्ला शाखा प्रमुख देवकोटाले भनुभयो, यो भन्दा अगाडि जिल्ला शाखाले चन्दननाथ नगरपालिका वडा १० मा रहेका रत्न चुडेश्वर माध्यमिक विद्यालय वोहोरा गाँउलाई फिल्टर सहयोग गरिएको जानकारि दिनुभयो । शिक्षा, स्वास्थ्य, बैंकिङ्ग साक्षरता लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमहरु भइरहेको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्