OnlinePana

आज : २०८३ साउन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १८, २०८३काठमाडौं
१२ पटक

१८ साउन २०८३, सोमबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले खाना पकाउने एलपी ग्याँस अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा आज बसेको उच्चस्तरीय आकस्मिक छलफलमा बोल्दै मुख्यमन्त्री शाहीले आम नागरिकको भान्सा र दैनिक जीविकासँग जोडिएको संवेदनशील विषयमा कसैले पनि खेलबाड गर्न नहुने बताउनुभयो । उहाँले सुरक्षा निकाय र बजार अनुगमन टोलीलाई तत्कालै बजारमा खटिएर कृत्रिम अभाव सिर्जना, अनधिकृत भण्डारण वा उपभोक्तासँग बढी मूल्य असुल्ने जो कोहीलाई कानुनी कारवाही गर्न र अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

वीरेन्द्रनगरलगायत आसपासका क्षेत्रमा विगत केही दिनदेखि भइरहेको ग्याँसको अभावप्रति प्रदेश सरकारले गम्भीर चासो देखाएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले उपभोक्ताहरुलाई मारमा पर्न नदिन र बजारमा ग्याँसको अभाव नरहेकाले आतंकित नभई आफ्नो नियमित आवश्यकता प्रतिका लागि मात्र ग्याँस खरिद गर्न आग्रह गर्नुभएको छ । सो समयमा व्यवसायीहरुले आगामी केही दिनभित्रै वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाएर बजारमा आपूर्ति सहज पार्ने प्रतिबद्धता जनाएका थिए ।

छलफलका क्रममा आपूर्तिसम्बन्धी वास्तविक तथ्याङ्क प्रस्तुत गर्दै नेपाल आयल निगम सुर्खेतका प्रमुख दिपक घिमिरेले पछिल्लो १७ दिनमा मात्रै सुर्खेत र आसपासका बजारमा ३३ हजार ४४० सिलिण्डर ग्याँस बिक्रीवितरण भइसकेको जानकारी दिनुभयो । आयल निगम तथा सम्बद्ध व्यवसायीहरुका अनुसार भारतबाट हुने आयात र बजारमा पठाइने ग्याँसको परिमाणमा कुनै कटौती नभई आपूर्ति अवस्था पूर्णरुपमा सामान्य रहेको बताएको उहाँले बताउनुभयो ।

आपूर्ति नियमित हुँदाहुँदै पनि उपभोक्ताहरु ग्याँसका निम्ति राति २ः०० बजेदेखि नै लाइनमा बस्नुपर्ने बाध्यता सिर्जना हुनुमा प्राविधिक तथा मनोवैज्ञानिक कारण भएको जनाइएको छ । सरकारले केही समयअघि लागू गरेको आधा सिलिन्डर (७.१ केजी) को व्यवस्थालाई खारेज गरी पुनः पुरा सिलि०डर (१४.२ केजी) वितरण गर्ने निर्णयले बजारको वितरण प्रणालीमा आकस्मिकरुपमा चाप बढेको हो ।

ग्याँस बिक्रेताका अनुसार बजारमा ग्याँसको अभाव हुन सक्ने हल्ला र त्रासका कारण सर्वसाधारणले खाली रहेका सबै सिलिण्डर एकैपटक साट्ने तथा आवश्यकताभन्दा बढी ग्याँस घरमा भण्डारण गर्ने प्रवृतिले कृत्रिम अभावजस्तो देखिएको हो । बैठकमा प्रदेशका उच्च सुरक्षा अधिकारीहरु, नेपाल आयल निगमका प्रमुख र ग्याँस बिक्रेताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्