OnlinePana

आज : २०८१ पौष ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,भाद्र ९, २०८०जुम्ला ।
४४५ पटक

जुम्ला /भदाै ९ गते । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ८ र ९ लाई अंगुरा जातको खरायोको ऊन उत्पादनको हव क्षेत्रको रुपमा विकास गरिने बताउनुभयो ।
अंगुरा जातको खरायोबाट उत्पादन भएको ऊनबाट बनेको टोपीले अत्याधिक बजार पाईरहेको समयमा मन्त्री शर्माले चन्दननाथ नगरपालिका वडा नम्बर ८ तलिउममा रहेको किसानको खरायो पालन उद्योगमा भएर अनुगमन तथा खरायो पालन किसान सँग अन्तरक्रिया गरेपछि सो क्षेत्रलाई नमूनाको रुपमा अगुंरा खरायो पालन वडा बनाईनु पर्ने बताउनुभयो ।
खरायो पालन किसान सँगको अन्तरक्रियामा उहाँले अघिल्लो बर्ष अंगुरा जातको खरायोका लागि थोरै कार्यक्रम भएकाले त्यसको अनुगमन गर्दा सानो लगानीमा आम्दानी बढी हुने देखिएकाले यसमा लगानी बढाईनुपर्ने तर किसानले टोपीको मुल्यमा अन्य स्थान भन्दा सौलियत गरिनुपर्ने बताउनुयभो ।
मन्त्री शर्माले चन्दननाथको यस क्षेत्रमा किसानहरु समुहमा जोडिएर कार्ययोजना बनाई अगाडि बढ्न अनुरोध गर्नुभयो । उहाँले यस बर्ष पनि केही बजेट विनियोजन भएकाले किसानले बढि ऊन उत्पादन गरि टोपी, मफलर, स्विटर सौलियतमा दिन सकेमा सरकारले प्रथामिकता दिने र उत्पादन क्षेत्रको बृद्धि हुनेमा जोड दिनुभयो ।
पाँच किसानलाई पाँचसय खरायो अनुदान :
खरायोको ऊनबाट आम्दानी बढि देखिएकाले गत आर्थिक बर्षमा तलिउम गाउँका ५ जना खरायोपालन किसानलाई रु ५० प्रतिशत अनुदानमा पाँच सय खरायो वितरण गरिएको थियो । पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र बुढ्थापाका अनुसार चन्दननाथ ८ का किसान आर्थिक बर्ष २०७९।८० मा चन्दननाथ ८ का खरायो पालक किसान पदमबहादुर रोकाया, भैरव धराला, सुकधने वोहोर, बृर्ष वहादुर धराला र चन्दननाथ ९ का भक्तबहादुर रावलको खरायो पालन उद्योगलाई प्रति उद्योग रु एक लाख २८ हजारको दरले पाँचसय वटा खरायो अनुदान दिई खरायोको ऊन उत्पादन गर्न शुरु गरिएको छ । ति उद्योगको मन्त्री शर्मा, प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे, पत्रकार महासंघ, पशु अस्पताल तथा पशुसेवा कार्यालयले अनुगमन गरेको छ । स्थानीय खरायो पालन किसान पदमबहादुर रोकायाले कर्णाली सरकारले अनुदान दिएको खरायोबाट १३० वटा भएको र ४० वटा विक्री गर्न सफल भएको बताउनुभयो । ३० बर्ष देखी आफुले खरायोको व्यवसाय गर्दै आएकाले बर्षेनी ४० देखी ५० टोपी वेच्ने गरेको बताउनुभयो । खरायोको टोपीको मुल्य अहिले गाउँमा रु ३ हजार र सदरमुकाममा ३ हजार पाँच सय रहेको छ । किसान बृर्षबहादुर धरालाले सरकारले खरायोको ऊन उत्पादन तथा पालन क्षेत्रमा अनुदान ठिक ठाउँमा गरेको बताउनुभयो । उहाँले सानो सहयोगले अहिले आफु परिवारकै मानिस सामान्य रोजगारी जस्तै भएका छौ, आफुले ऊन कात्ने, भाईले टोपी वुन्ने घरका अरु मानिसले अन्य सहयोग गरेर खरायो पालनबाट आम्दानी गरिरहेका छौ । उहाँले आफु सँग हाल ७० वटा खरायो छन्, २ खरायोको ऊनबाट एक टोपी हुन्छ, अंगुरा जातको खरायोबाट हरेक ३ महिनामा ऊन निकाल्न सकिने बताउनुभयो । ति किसानले बर्षेनी एक देखी २ लाख सम्म आम्दानी भईरहेको बताएका छन्, उनिहरुले उचित खोर व्यवीथापन, आधुनिक औजार र दाना पिस्ने मेशिन सहयोग गर्न मन्त्री शर्मालाई अनुरोध गरेका छन् । कर्णालीका कृषि मन्त्री शर्माले यसैगरी चन्दननाथ सहकारी सहित विभिन्न कृषि क्षेत्रका कार्यक्रम अनुगमन गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्