OnlinePana

आज : २०८२ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर ९, २०८२
४८ पटक

 

 

जुम्ला / मंसिर ८ गते ।
देशका अन्य जिल्ला भन्दा नेपाली कम्यूनिष्ट पार्टी  जुम्ला अहिले एक कदम अगाडि बढि सकेकाे छ ।

जुम्लाले जिल्ला,गाउँपालिका स्तरका एकता सन्देसभेला सम्पन्न गरिसकेकाे छ । मंसिर ९ गते जिल्लाका ६० बटै वडामा एकता सन्देस भेला हुदैछ ।
साेमबार नेपाली कम्यूनिष्ट पार्टी जुम्लाले जनबर्गिय संगठनका प्रमुख सँगकाे प्रारम्भिक वैठक सम्पन्न गरेकाे छ । वैठकले एकताकाे सन्देस दिदै आगामी कार्यदिशाकाे बिषयमा छलफल गरेकाे छ ।

वैठकमा केन्द्रीय सदस्य गाेमा गाैतम कुँवरले आगामी चुनाबमा बिगत जस्ताे हुन नदिन सवैसचेत हुनुपर्ने बताउनु भयाे ।  उहाँले जनवर्गिय संगठनकाे प्रारमभिक वैठकमा सवैले सचेत भएर एक मत क्रियासिल हुन तथा एकताकाे भाव बढाउनुपर्ने बताउनुभयाे ।

प्रतिनिधिसभा निर्वाचन २०७९ गठबन्धनका उम्मेद्वार समेत रहेका कुँवरले ३६ हजार मत कता गएहाेलान ? अबका दिनमा हाम्राे उम्मेदवारलाई आगामी दिनमा आन्तरिक धाेका दिन नहुने बताउनुभयाे ।

प्रतिकृया दिनुहोस्