OnlinePana

आज : २०८१ मंसिर ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
राम प्रकाश विकभाद्र १६, २०८१जुम्ला
२०३ पटक

जुम्लाको चेप्टे पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् । पातरासी गाउँपालिका–२ तल्फिका किसानका भेडा चेप्टे पाटनमा शनिबार दिउँसो ४ बजेतिर चट्याङ पर्दा ५६वटा भेडा मरेको अस्थाई प्रहरी चौकी तल्फीका इन्चार्ज पृथ्वी बहादुर बुढाले जानकारी दिनुभयो । पातरासी–२  तल्फिका छ जना किसानका ५६ भेडा मरेको हुन ।

चट्याङमा परी पातरासि गाँउपालिका वडा २ का तल्फिाका वडा अध्यक्ष बल वहादुर वोहोराका ९वटा, चन्द्रलाल वोहोराका ६ वटा, जोगिलाल वोहोराका २४ वटा, मान वहादुर वोहोराका ६ वटा, लाल वहादुर वोहराको ७ वटा, हिरालाल वोहोरा ४ वटा गरि ५६वटा भेडा मरेको उहाँले जनाउनुभयो । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

प्रहरी चौकी तल्फीको टोलि घटना स्थल तर्फ गई रहेको छ । त्यहाँ मोबाइल नेटवर्कले काम नगर्ने भएको हुँदा पुगेर फर्केपछि मात्रै जानकारी दिने उहाँले बताउनुभयो । यो पाटन पातरासि गाँउपालिकाका किसान् भेडा पालन गर्ने ठाँउ हो ।

प्रतिकृया दिनुहोस्