OnlinePana

आज : २०८३ जेठ १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २९, २०८२
४१८ पटक

नेत्र शाही/जुम्ला,

कार्तिक २८ गते । आमा विरामी, वुवाको मृत्यू भएपछि विद्यालय छोडेर अस्पतालमा विरामी आमा कुरिरहेका ११ बर्षिय बालक र उनको आमालाई राष्ट्रिय मानव अधिकार आयोगले भेट गरेको छ ।

आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाको टोलीले संचार माध्याममा आएको समाचारको आधारमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुगेर आमाको स्वास्थ्य अवस्था तथा छोरा ११ बर्षिय बालकलाई भेटेर अवस्थाको बिषयमा अवलोकन गरिएको छ ।
आयोगका शाखा प्रमुख कल्पना आचार्य नेपाल, नायव शुब्बा राजकुमार वि.क सहितको टोलीले विद्यालय छोडेका बालक विकास दमाई र आमा दर्शना दमाईलाई भेट गरेर अनुगमन गरेको हो ।

अस्पतालमा स्पाईनलकर्डको विरामी भएर एक बर्ष देखी उपचार गरिरहेकी दर्शनाको स्वास्थ्य अवस्था वारेमा प्रतिष्ठानका स्वास्थ्यकर्मी सँग आयोगले अवस्था वुझेको हो । प्रतिष्ठानले अहिले दर्शनाको घाउ सन्चो हुदै गएको जानकारी दिएको छ । आयोग जुम्ला शाखा प्रमुख आचार्यले बच्चाको पढ्न पाउने अधिकार सुनिश्चित गर्न सवै लाग्नुपर्ने र आवश्यक स्थानमा पहल गर्नुपर्नेमा जोड दिनुभयो । आमा दर्शनालाई हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताले निशुल्क उपचार गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्