OnlinePana

आज : २०८२ कार्तिक १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीकार्तिक १६, २०८२
६८ पटक

 जुम्ला /कार्तिक १५ गते ।

नेकपा माओवादीका नेता तथा पुर्वमन्त्री नरेश भणडारीले नेपाली राजनितिमा बामपन्थी राजनितिका महत्पूर्ण दिन आउने बताउनु भएको छ ।

उहाँले बर्तमान समयमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी सहितका बामपन्थी राजनितिक पाटीहरूको एकता शुरूवात हुने निश्चित भएपछि अब नेपाली बामपन्थी राजनितिको महत्वपुर्ण दिनको शुरूवात हुन थालेको बताउनु भएको हो ।

कर्णालीका बिकास प्रेमी तथा भिजनरी नेता भण्डारी लेख्नुहुन्छ, आगामी केही दिन (सम्भवतः १० दिन) नेपाली राजनीति र नेपाली बामपन्थी आन्दोलनका लागि विशेष महत्वका दिनहरू हुनेछन् । टुटफुट र विभाजनबाट पीडित कम्युनिष्ट आन्दोलनमा करिब आधा दर्जन बामपन्थी पार्टी तथा समूहहरूबीच हुने ध्रुवीकरण बाम राजनीतिमा ऐतिहासिक कोसेढुंगा साबित हुने विश्वास गर्न सकिन्छ। उहाँ बताउनुहुन्छ समयले नेपाली कम्युनिष्टहरूबाट एकताबद्ध हुँदै रूपान्तरित भूमिकाको खोजी गरिरहेको छ ।

उहाँले नेकपा माओवादीका संयोजक कमरेड प्रचण्डको नेतृत्वमा थालिएको बृहत् बाम ध्रुवीकरणको ऐतिहासिक पहलमा इँटा थपौ ं।
अहिले नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, महेन्द्र राय यादव सहितको समाजवादीपार्टी एकता हुने निश्चित भएको छ । एकता प्रक्रियामा पुर्वमन्त्री प्रेमबहादुर सिंह सहितका नेताहरू समेत समावेस हुने भएका छन् ।

नेकपा एकीकृत समाजवादीको शुक्रबार बसेको केन्द्रीय समितिको वैठकले नेकपा माओवादीसँग एकता गर्ने निर्णय गरेकोछ । यता समाजवादीमा नेता झलनाथ खनाल सहितका नेताले एकतामा नजाने तर अर्काे पार्टी खोल्ने घोषणा गरिसकेका छन् ।

कर्णालीमा बलियोको  दाबी :
बाम एकता शुरू पछि कर्णालीमा राजनितिक नयाँ बन्ने दल बलियो बन्ने सम्भावना बढेको छ । सल्यानका एकिकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा पुर्वमन्त्री प्रकाश ज्वाला, डोल्पामा पछिल्लो समयमा डोल्पाका सफल नेता तथा प्रतिनिसिभा सासद धनबहादुर बुढा एकतामा आउने भएका छन् । उहाहरू सहित धेरै नेताहरू एकताको पक्षमा देखिएपछि कर्णालीमा माओवादी सहितको नयाँ बन्ने बामपन्थी दल बलियो देखिने सम्भाबना बढेको छ ।

कालिकोटका प्रेमबहादुर सिंह झण्डै चार पटक मन्त्री भईसकेका पाका नेता पनि एकतामा आउने भएका छन् । जुम्लामा समाजवादीका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री पदमबहादुर रोकाया, जिल्लाध्यक्ष राजबहादुर खत्री, पुर्व जिविस सभापति तथा पाका नेता तिर्थ वुढा, केन्द्रीय सदस्य कमल खत्री, केन्द्रीय सदस्य तथा गुठिचौर गाउँपालिका उपाध्यक्ष शान्ति मल्ल भण्डारी, केन्द्रीय सदस्य हिमालय खत्री सहितको एकीकृत समाजवादीको टिम एकताको पक्षमा रहेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य पदमबहादुर रोकायाले जानकारी दिनुभयो । यता कर्णालीमा एकताले बामपन्थीधारको एकताको पार्टी बलियो हुने नेता भण्डारी बताउनु हुन्छ । नेकपा माओवादी केन्द्र बुद्धिजीवि संगठनका पुर्व अध्यक्ष समेत रहेका भण्डारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको परिकल्पनाकार तथा पहल समितिको संयोजक पनि हुनुहुन्छ ।

क्याप्सन : नेकपा माओवादीका नेता नरेश भण्डारी 

प्रतिकृया दिनुहोस्