OnlinePana

आज : २०८२ मंसिर ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दिपक बुढ्थापामंसिर ७, २०८२जुम्ला
८६ पटक

 

जुम्ला / मंसिर ६ गते ।
नेपाली कम्यूनिष्ट पार्टी जुम्लाकाे पालिका स्तरीय सन्देश भेला मंसिर ७ गते हुने भएकाे छ ।

नेकपा माओवादी, एकीकृत समाजवादी सहितका बामपन्थी दल मिलेर एकता भएकाे नेपाली कम्यूनिष्ट पार्टी जुम्लाका पालिका स्तरीय भेला आईतबार (मंसिर ७ गते) हुने भएकाे छ ।नेपाली कम्यूनिष्ट पार्टीका नेता नबराज न्याैपानेका अनुसार मंसिर ५ गते जिल्ला स्तरीय एकता भेला सम्पन्न भए सँगै पालिका स्तरका भेलाकाे तालिका जुम्ला जिल्लाका  आठवटै तहमा एकैदिन मंसिर ७ गते हुने भएका हुन् । जुम्लाकाे चन्दननाथ नगरपालिका सहित अन्य गाउँपालिकामा एकै साथ एकता सन्देस भेला हुने भएकाले आठवटै पालिकामा कमाण्डर खटाईएकाे छ । भेलामा सम्बिन्धत पालिकामा नेपाली कम्यूनिष्ट पार्टीका सवै तहका नेता कार्यकर्तालाई उपस्थित हुन निर्देशन समेत गरिएकाे छ ।

पार्टीकाे तालिका अनुसार मङ्सिर ९ गते वडास्तरकाे एकता सन्देसभेला हुने भएकाे छ ।

कुन पालिकामा काे काे नेताहरू खटिए :

१) चन्दननाथ नगरपालिका
– नरेश भण्डारी
– नरेन्द्रनाथ याेगी
– बिष्णु बहादुर महत
– अज रावल

२) कनकासुन्दरी गाउँपालिका
-पदमबहादुर राेकाया
– राजजंग हमाल

३)पातारासी गाउँपालिका
– गाेमा गाैतम कुँवर
– दिप बुढा

४) गुठिचाैर गाउँपालिका
– नवराज न्याैपाने
– जगत बहादुर रावत

५) ताताेपानी गाउँपालिका
– बिरबहादुर कुँवर
– हिमालय खत्री

६) तिला गाउँपालिका
– लक्ष्मिकन्या बुढा
– जाेखबहादुर रावत

७) सिंजा गाउँपालिका
– दलबहादुर जिसी
– राजबहादुर खत्री

८) हिमा गाउँपालिका
– अमरजङ्ग शाही
– भैबहादुर राेकाया

प्रतिकृया दिनुहोस्