OnlinePana

आज : २०८३ बैशाख २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर ८, २०८२जुम्ला
५३१ पटक

अमृत बुढाथाेकी मगर /जुम्ला,

मंसिर ७ गते । जुम्लामा नेपाली कम्यूनिष्ट पार्टीले आठवटै स्थानीय तहमा सन्देस भेला सम्पन्न गरेको छ ।
जिल्ला भेलाले गरेको निर्णय अनुसार जिल्लाको चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका, सिंजा गाउँपालिका, हिमा गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकामा भेला सम्पन्न भएको पार्टीका नेता नवराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीको तालिका अनुसार जिल्लाभर भब्य रुपमा एकता सन्देस भेला सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी सहितका १० दल मिलेर नेपाली कम्यूनिष्ट पार्टी बनेको छ । सोही अनुसार जुम्लाले मौसमी प्रतिकुलताका आधारमा छिटो गरिएको बताईएको छ ।

नेपाली कम्यूनिष्ट पार्टी जुम्लाले मंसिर ५ गते शान्ति सम्झौताका दिन जिल्ला एकता सन्देश भेला सम्पन्न भएको छ ।
स्थानीय तहमा केन्द्रीय, प्रदेश, पालिका तथा स्थानीय स्तरका नेताहरुले सम्बोधन गरेका छन् । नेपाली कम्यूनिष्ट पार्टीले आठ वटै तहमा नेतृत्व समेत खटाएको थियो ।

एकता भेलामा केन्द्रीय नेताहरू नरेश भण्डारी, गाेमा कुँवर, पदमबहादुर राेकाया, नरेन्द्रनाथ याेगी, बिरबहादुर कुँवर, नवराज न्याैपाने, दलबहादुर जिसी, लक्ष्मीकन्य बुढा, हिमालयन खत्री, अमरजंग शाही सहितका नेताहरूले समेत सम्बाेधन गर्नु भएकाे थियाे ।

फाेटाे क्याप्सन : जुम्लाका आठै तहमा भएका कार्यक्रम तस्बिर : नेकपा जुम्लाकाे सचिवालय

 

प्रतिकृया दिनुहोस्