OnlinePana

आज : २०८२ मंसिर १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १०, २०८२
५७ पटक

नेत्र शाही/जुम्ला,

मंसिर ९ गते । नेपाली कम्यूनिष्ट पार्टी जुम्लाको जिल्लाका ६० वटा वडाका एकता सन्देस भेला सम्पन्न भएका छन् ।
नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी लगायतका ११ दल मिलेर बनेको नेपाली कम्यूनिष्ट पार्टीको जुम्ला जिल्लाको एकता भेला, पालिका स्तरका स्तरका एकता सन्देस भेला सम्पन्न भए सँगै वडास्तरका भेला समेत सम्पन्न भएका हुन ।

मंसिर ९ गते जिल्लाका सवै वडामा एकसाथ एकता सन्देस भेला सम्पन्न भएका छन् । नेताहरुका अनुसार जिल्लाका सवैवडामा कार्यक्रम सम्पन्न भएका हुन् । नेपाली कम्यूनिष्ट पाटी (नेकपा) का नेताहरुले वडा स्तरका कार्यक्रम सम्पन्न भएको जानकारी द्रिएका छन् । नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य दलबहादुर जिसीले जिल्लाभरका कार्यक्रम सम्पन्न भएका जानकारी दिनुभयो ।

नेपाली कम्यूनिष्ट पार्टी जुम्लाले चिसो बढेका कारण मौसमी प्रतिकुलता भन्दै केन्द्रको तालिका भन्दा अगाडि जुम्लाले एक कदम उठेर अगाडि बढिरहेको छ । जुम्लामा मंसिर ५ गते जिल्ला एकता सन्देस भेला, मंसिर ७ गते स्थानीयतह स्तरको एकता सन्देश भेला गरिसकेको छ ।
कार्यक्रमहरुमा केन्द्रीय नेता, प्रदेश स्तरका नेता, पालिका स्तरका नेता र वडा स्तरका नेता सहभागि भएका छन् ।

गुठिचौर गाउँपालिका २ को एकता सन्देस भेला नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रीय आयोजक समिति सदस्य नरेश भण्डारीले नेपाली कम्यूनिष्ट पार्टीको एकता देशको विषम परिस्थितिमा देश जोगाउन र दिर्घकालिन कम्यूनिष्टको केन्द्रका लागि अगाडि बढाउने एकताको उद्देश्य रहेको बताउनुभयो । उहाँले एकताले सिमित व्यक्तिको व्यवस्थापन गर्ने भन्ने होईन, ईतिहासका कैयौ टुटफुटको सिकाईबाट एकता गरेर देशको ठूलो कम्यूनिष्ट शक्ति बन्ने दावी गर्नुभयो ।

यति मात्र नभई देशलाई समृद्ध र समाजवादी क्रान्तितिर लैजाने भन्ने दृढ उद्देश्यको सवालमा पार्टीको एकता भएको हो । उहाँले देशेको शुशासनको सवाल, समृद्धिको सवाल र जेन्जीका माग नेपाली कम्यूनिष्ट पार्टीबाटै सम्भव हुनेमा जोड दिनुभयो ।
पार्टीले हिमाली क्षेत्रमा माैसमी प्रतिकुलताका विच अगाडि कार्यक्रम गरिएकाे जानकारी दिनुभयाे ।
नेता भण्डारीले जुम्लामा पनि एकता सन्देश दिन यो भेला आयोजना गरिएको बताउदै नेपाली कम्यूनिष्ट पार्टी जुम्लाले एकतालाई गाउँ सम्म लैजान आवश्यक रहेको बताउनुभयो । नेता भण्डारीले नेपाली कम्यूनिष्ट पार्टीले देशमा नेतृत्व गरेर भने अस्थिर हुने भएकाले जनतालाई सचेत हुन अनुरोध गर्नुभयो ।

क्याप्सन : जुम्ला सिंजा २ काे नेपाली कम्यूनिष्ट पार्टीको एकता सन्देश भेला तस्बिर : तिर्थ वड, जुम्ला ।

 

प्रतिकृया दिनुहोस्