OnlinePana

आज : २०८२ पौष २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर १०, २०८२
२६० पटक

नेत्र शाही/जुम्ला,

जुम्लामा १६ दिने लैगिक हिंसा विरुद्धको दिवस शुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा यस बर्ष पनि दिवस मनाईएको छ ।
नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म मनाईने दिवसको विभिन्न कार्यक्रम गरि मनाईदै आउने कार्यक्रम अन्तरगत जुम्लामा पनि मनाईदै आउने काम भएको छ ।

जुम्लामा एकिकृत भवनबाट शुरु भएको कार्यक्रम नगरपरिकर्मा गरि कोणसभामा परिणत भएको थियो । कोणसभामा कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाहीले लैङ्गिक हिंसा महिला पुरुष दुवैमा हुने भएकाले सवै सचेत हुनुपर्ने बताउनुभयो । उहाँले हिंसा नगर्ने प्रतिवद्धता मात्रै होईन घरबाट प्रतिवद्धता जनाउनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले लैगिक नेपालमा हिंसा महिला पुरुष दुवैमा हुने गरेको तर तुलनात्मक रुपमा महिला हिंसा बढि भएको बताउदै यस बिषयमा सचेत हुन आवश्यक रहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा जुम्लाका प्रमुख कल्पना आचार्य नेपालले लैङ्गििक हिंसा विरुद्धको अभियानको शुरुवात कसरी भयो भन्ने प्रष्ट पार्दै १६ दिने अभियानमा सवैले साथ सहयोग गर्ने आशा लिएकोमा जोड दिनु भयो ।

अभियानको क्रममा जुम्लामा डिसेम्बर १ मा एड्स दिवस, डिसेम्बर ३ मा अन्तराष्ट्रिय अपाङ्गता दिवस, १० डिसेम्बर अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईने भएको छ । १६ दिने लैङ्गिक हिसा बिरूद्दकाे दिवसमा सरकारी तथा गैरसरकारी निकाय, संचार माभ्यामकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्