OnlinePana

आज : २०८१ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १७, २०७९सुर्खेत
३६५ पटक

१७ मंसिर २०७९, शनिबार

बालरोग विशेषज्ञ डा.नवराज केसीद्वारा लिखित पुस्तक ‘शून्यको मूल्य’ अर्थात सास, साहस र स्नेहको कथा लोकार्पण गरिएको छ ।

उक्त पुस्तक डा.केसीका आमा टिका केसी, लेखिका तथा सामाजिक अभियान्ता राधा पौडेल, म्यागी डोयनले आज संयुक्तरुपमा लोकार्पण गर्नुभएको थियो । सिर्जनात्मक गैर आख्यान विधामा लेखिएको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै सामाजिक अभियान्ता पौडेलले ‘शून्यको मूल्य’ आफूले आफैलाई बदल्ने एक महत्वपूर्ण औजार भएको टिप्पणी गर्नुभयो ।

“डा.केसी यो पुस्तकको कल्पनाकार मात्र हुनुहुन्न, दर्शनकार पनि हुनुहुन्छ,” उहाँले भन्नुभयो, “यसलाई पढ्दा हरेकले आधा कर्णाली घुम्नेछ । आमा नहुँदा पनि मातृवात्सल्य प्राप्त हुनु नारीवादको अर्को ज्वलन्त उदाहरण हो भन्ने देखाइएको छ र यहाँका सत्य दृष्टान्त पुस्तकमा पाइन्छ । सरल, सरस र यथार्थताको गहिराई पुगेर लेखिएको ‘शून्यको मूल्य’ पुस्तकले डा.केसी काविल देखिन्छन् ।”

उहाँले अगाडि थप्नुभयो, “यो पुस्तक देशका प्रधानमन्त्रीका साथै मन्त्रीहरुको हातमा हुनुपर्छ, राज्यका प्रमुख निकायमा रहेका व्यक्ति, राजनीतिज्ञहरुले यसको अध्ययन गर्नुपर्दछ । जसले यहाँको वास्तविकता राम्रोसँग थाह पाउने छने कि कर्णालीमा अझै यस्तो रहेछ भने । यो पुस्तक आफैमा एउटा अभियान भएको बताउँदै उहाँले उपचार गर्ने पैसा नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता भोग्दै आएका नागरिकहरु पनि मुक्तिको साहस गर्नपनि माहिर रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले चार सय वर्षदेखि पैतालाको धुलो सरी राज्य र खबरदारी गर्ने नागरिक समाजले बेनाम र अस्तित्वहीन बनाएको, जुर्मुराउन नदिएको, धर्म, सस्कृति, सस्कार, चलन, प्रथा, दासत्वका नाममा गाँजिएको महिला माथिको शोषण विरुद्धका लागि ‘शून्यको मूल्य’ले दश रेक्टर स्केलको भूकम्प जस्तै भएको जिकिर गर्नुभयो ।

सिएनएन हिरो तथा लेखिका म्यागी डोयनले आफूले बुझेको कर्णालीको यथार्थतालाई डा.केसीले शब्द चित्रद्वारा पस्केको विषय सबैसामु छर्लङ भएको जनाउनुभयो । “शून्यको मूल्यबारे थाहा पाउन हरेकका लागि यो किताब महत्वपूर्ण छ,” उहाँले भन्नुभयो, “सबै सामु पुग्नुपर्दछ र सबैले पढ्न पाउनुपर्छ, विशेषगरी नीति निर्माताहरुले ।’

साँग्रीला मिडिया प्रालि.का प्रकाशक तथा लेखिका आनविका गिरीले ‘शून्यको मूल्य’ पुस्तकमा लेखिएका कुराले जीवनभरि छाप लागेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “किताब नीति निर्माताहरुका लागि स्रोत बन्न सक्छ । यसमा लेखिएका पाण्डुलिपीले हरेकलाई उज्यालोतिर जान गरेको संघर्ष हो भन्ने निष्कर्ष दिन्छन् ।”

‘शून्यको मूल्य’का लेखक डा.केसीले पुस्तकमा कर्णालीको आमाहरुले गुमनाम भएर सन्तानहरुका लागि गरेको संघर्ष, सामाजिक विभेदभित्र लुकेको अन्तर्यको लडाई र डोको बोक्नेहरुबाट सिकेको ‘जीवनवारिधि’का बारेमा लेखिएको बताउनुभयो । “टाई लगाएर मात्र होइन, डोको बोकेर पनि प्राध्यापकहरु आउँदा रहेछन्, जो मैले कर्णालीमा पाए,” उहाँले भन्नुभयो ।

पुस्तकहरु छुटेपनि जीवनको पढाई छुटाउन नहुने भन्दै डा.केसीले विश्वमा लिखित भाषा कर्णालीले दिएकोले अब हरेकलाई लेखन यात्रा सुरु गर्न आग्रह गर्नुभयो । एक फरक प्रसंगमा उहाँले महाभारतको युद्धमा भगवान् कृष्ण भएपनि मर्यादित महिनावारीको युद्धमा राधा पौडेलको लडाई निरन्त अघि बढेको बताउनुभयो ।

मूलतः कर्णालीका महिलाहरुले भोग्नुपरेको वास्तविकतालाई पुस्तकमा चित्रण गरिएको छ । चिकित्सकीय पेशाका अतिरिक्त कर्णालीमा समाजसेवा गर्दै आउनुभएका डा.केसी कर्णालीमा दुर्गम ठाउँमा पुगेर काम गर्ने क्रममा भेटेका आमाको सास, साहस र स्नेहका कथा देखेको जनाउनुभयो । उनीहरुकै सम्बन्धमा लेखिएका कथाहरुको संगालोबाट ‘‘शून्यको मूल्य’ निर्माण भएको उहाँले बतानुभयो ।

कर्णाली आफैमा विश्वविद्यालय हो र यहाँको जीवन संघर्ष र सिकाई नै सबैभन्दा ठुलो डिग्री हो भन्ने सन्देश संसारमाझ पुर्याउन शून्यको मूल्य पुस्तक तयार भएको उहाँको भनाई थियो । कार्यक्रम सहभागीहरुले पुस्तकले कर्णालीको वास्तविकता बोलेको भन्दै उच्च प्रंशसा गरेका थिए

 

प्रतिकृया दिनुहोस्