OnlinePana

आज : २०८३ बैशाख ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक १९, २०८२
५१२ पटक

 

जुम्ला- कार्तिक  १८ गते । जुम्लामा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएकाे छ ।

सेवा र विकासका लागि युवाको आयोजनामा र ओरेगन नेपाली समाज, अमेरिकाको सहयोगमा जुम्लास्थित श्री चन्दननाथ माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।

साे कार्यक्रमअन्तर्गत विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी श्री रिटन न्यौपाने र सुश्री लक्ष्मी रोकायाले जेहेनदार तथा लगनशील छात्रवृत्ति २०८२ अन्तर्गत जनही नगद १४ हजार रुपैयाँका साथ ‘औषधिको ज्ञान, स्वस्थ ध्यान’ पुस्तक र प्रमाणपत्र प्राप्त गरिएकाे छ ।

विद्यालय प्रशासनले शैक्षिक उत्कृष्टता र अनुशासनका आधारमा उनीहरूलाई छात्रवृत्तिका लागि सिफारिस गरेको विद्यालयका प्रधानाध्यापक श्री टंकबहादुर महतले बताए।

सेवा र विकासका लागि युवाका राष्ट्रिय उपाध्यक्ष उपप्राध्यापक डा. दीर्घराज जोशीका अनुसार, यस वर्ष देशभरका ३५ जना जेहेनदार विद्यार्थीलाई संस्थाले यस्तै छात्रवृत्ति वितरण गरिरहेको छ। साथै हजारौँ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने अभियान पनि केही वर्षदेखि निरन्तर भइरहेको उनले जानकारी दिए। कार्यक्रमका सभापति समेत रहेका डा. जोशीले उपस्थित विद्यार्थीहरूलाई प्रेरित गर्दै भने; दृड संकल्प, अनुशासन र निरन्तर प्रयत्नले असम्भव लाग्ने कार्य पनि सम्भव हुने बताए। निस्वार्थ भावले दृड संकल्पसहित गरिने कार्य ईश्वरीय कार्य हुने र त्यो कार्यमा स्वयं ईश्वरको हस्तक्षेप हुने हुँदा धेरैलाई असम्भव लाग्ने कार्य पनि सम्भव हुने बताए। आफूले पढ्ने पढाइ पनि मातृभूमिको सेवाका लागि सम्झिएर ईश्वरीय कार्य मान्दै पढेमा देशले चाँडै काँचुली फेर्ने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर रोकायले यो परोपकारी छात्रवृत्तिको सदुपयोग गर्न र अरु विद्यार्थीलाई पनि निकै मेहनत गर्न विभिन्न कुराहरू बताउँदै प्रेरणा दिएका थिए ।

प्रतिकृया दिनुहोस्