OnlinePana

आज : २०८१ पौष २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
निराजन गौतम , पौष १८, २०८१ कुडारी, जुम्ला
४३ पटक

पुस १८ गते । कर्णाली राजमार्ग अन्तर्गत जुम्लाको तिलागाउपालिका स्थित कुडारी, त्रिवेणी बजारमा सडक अतिक्रमणले हैरान बनाएको छ ।
त्यहाँ सड्क अतिक्रमण हटाउन लामो समय देखी स्थानीयले हस्ताक्षर गरेर पहल थालेका छन् । अतिक्रमण गरि गरी बनाइएका घरटहरा तथा निमार्ण सामाग्री हटाउन र दुर्घटनाको जोखिम न्युनिकरण गर्न तिला गाउपालिका र सडक डिभिजन जुम्लाले चासो लिएपनि ढिलार्ई भईरहेको छ । रारासेरी बजारमा भने केही टहरा हटाईएका पालिकाले जानकारी दिएको छ ।

यता सड्क अतिक्रमणका बिषयमा विभिन्न समयमा तिला गाउँपालिका र वडाकार्यालय बाट जारी गरिएका सुचनाहरु केवल सूचना टासमै सिमित रहेको स्थानियबासिहरु बताउछन । स्थानीय भरतराज गिरीका अनुसार यसभन्दा अघिल्लो सरकार हुदा पनि सड्क अतिक्रमण गर्न सूचना जारी भएको र उक्त सुचनालाई कार्यान्वन गर्न स्थानिय सरकार र सडक डिभिजन जुम्लाले पनि गर्न सकेको छैन ।

तिला गाउँपालिका वडा नम्बर ३ निवासी ज्वारीलाल भट्टराई भन्नुहुन्छ आफ्नो निर्णयलाई कार्यान्वयन गर्न पटक पटक बजारबासिले तिला सरकार र सडक डिभिजन जुम्लालाई आग्रह गर्दा पनि तिला सरकार र सडक डिभिजन जुम्ला एक अर्कालाइ दोसा रोपण गर्दै उम्किने गरेको बताउछन ।

समयमै अब्यबस्थित घर टहरा नहटाइदा र तिला ३ कै खाडेखोलामा पुल निर्माण हुन नसक्दा बेलाबेलामा मोटरसाइकलमा दुर्घटना हुने गरेको पनि स्थानिय बासिहरु बताउछन । उनिहरुले आफुहरुले माग गरेपनि ढिला भएकाले चाडै गरिदिन अनुरोध गरेका हुन् । स्थानीयका अनुसार गएको दशैमा पनि फराकिलो बाटो र साघुरो सडकमा पार्किक अभाबका कारण अज्ञात मोटरसाइकल चालकले एक पाच बर्षिय बालकलाई ठक्कर दिदा बालक घाइते भएको र चालक फरार भएको भन्दै स्थानियबासी आफुहरु नियमनकारी निकायसँग आक्रोसित भएको बताउछन ।

गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाका अनुसार अतिक्रमण हटाउने बिषय निकै प्रथामिकताका साथ राखेका छौ । उहाँका अनुसार गाउँपालिकाले पटक पटक सूचना जारी गर्नुका साथै सड्कलाई पनि पत्रचार समेत गरेका छौ ।

सड्क डिभिजन कार्यालय जुम्लाका प्रमुख दिपेन्द्रकुमार चौधरीका अनुसार सो क्षेत्रमा सड्क अतिक्रमण बिषयमा स्थानीय तहलाई समेत भईसकेको छ । उहाँका अनुसार एक पटक सड्कको प्रतिनिधि, वडा प्रतिनिधि, बसेर हटाउने भन्ने भएको थियो । अव त्यस कामलाई प्रथामिकता दिईने भएको छ । सड्कका टहरा हटाउन पटक पटक नागरिकलेनै माग गर्दै आएका थिए । गत २०८१ कार्तिक २६ गते स्थानीयले गाउँपालिकामा निवेदन समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस्