

मंशिर १ गते । मंशिर ४ गतेको निर्वाचन जुम्ला प्रदेशसभा (क) मा पनि रोचक प्रतिस्पर्धा देखिन्छ । नेपाली कांग्रेसका कर्णाली प्रदेशका सभापति ललितजंग शाही सत्ता गठवन्धनका साझा उम्मेदवार छन् ।
कर्णाली प्रदेशको मुख्यमन्त्री समेतको आकांक्षी रहेका साभापति शाहीको उम्मेदवारीले बलियो अर्थ त राख्दछ तर कांग्रेसकै वागी उम्मेदवारले केही त्रास भएको स्थानीय बताउछन् ।
ललितजंग शाही नेपाली कांग्रेसको संसदीय ईतिहासमा यस भन्दा अघि संघमा निर्वाचन जित्ने एक मात्र व्यक्ति छन् । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा शाहीले जुम्लाबाट जीत हाशिल गरेर संविधानमा हस्ताक्षर गर्ने मौका पनि पाएका थिए । यस पटक सत्ता गठवन्धनका तर्फबाट प्रदेशसभा (क)मा ललितजंगको उम्मेदवारी परेको हो ।
शाहीको उम्मेदवारी परेको क्षेत्र (क) मा नेपाली कांग्रेसकै बागी उम्मेदवारी परेपछि चुनाव कसिलो हुदै गएको छ । नेपाली कांग्रेसका अर्का नेता देवेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएर प्रचार प्रसार तिब्र बनाएका छन् । देवेन्द्रबहादुर शाही २०७४ सालको प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट उम्मेदवार भएका नेता पनि हुन् । वि.सं २०७४ सालमा नेकपा माओवादीका गजेन्द्रबहादुर महत बिजय हुदा देवेन्द्रबहादुर शाही प्रतिस्पर्धी उम्मेदवार हुन् । कांग्रेसकै कतिपय जिम्मेवार व्यक्तिहरु खुलेरै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीलाई मत मागिरहेका देखिन्छन् ।
जुम्ला प्रदेश (क) मा सत्ता गठवन्धनका उम्मेदवार ललितजंग शाही सँग नेकपा एमालेका धिरेन्द्र गिरी पनि मैदानमा छन् । एमालेका पुराना नेता गिरी विचार र आदर्शका धनि पनि मानिन्छन् ।
विभिन्न परिवर्तन र जनआन्दोलनमा समेत मुख्य भूमिका खेलेका गिरीलाई यसपटक एमाले कमजोर अवस्थामा हुदा टिकट दिएर मैदानमा छन् । यस्तै नेमकिपाका राजेश्वर देवकोटा पनि मैदानमा छन् ।
स्थानीय तह २०७९ मा अध्यक्षको मतको आधारमा नेकपा एमालेको एमालेको तीन हजार ९ सय ९३ मत रहेको छ । नेकपा माओवादीको सात हजार ३ सय ४६, नेपाली कांग्रेसको नौ हजार ३७५ र एक हजार आठसय १० मतको तथ्यांक छ । यो तथ्यांकमा चन्दननाथ नगरपालिकामा नेकपा एकिकृत समाजवादीले स्वतन्त्र उम्मेदवारलाई करिब एक हजार मत सहयोग गरेको अनुमान छ । यो मत अहिले नेकपा एमालेलाई सहयोग हुने देखिन्छ । यसका साथै एमाले पातारासी र गुठिचौरमा आफ्नो केही मत बढाउने अनुमान गर्न सकिन्छ । यो तथ्यांक अनुसार सत्ता गठवन्धनको १८ हजार ५ सय ३१ मत मध्य कांग्रेसका बागी उम्मेदवार देवेन्द्र शाहीले कति मत काट्छन त्यसमा भर पर्ने छ ।
प्रदेश (क) गठवन्धनका उम्मेदवार ललितजंग शाहीका अनु्सार आफ्नो उम्मेदवारी विगत संविधानसभाको सदस्य हुदा रहेका अधुरा काम देखी जनताका आधारभुत बिषय शिक्षा, स्वास्थ्य, सड्क, खानेपानी, रोजगारीको प्रथामिकतामा जोड दिईने बताए । आफ्नो उम्मेदवारी कर्णालीका जनताको आयू कम हुने बिषयको अध्ययन गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप शशक्त बनाउने, कृषि प्रणालीलाई थप व्यवस्थापन तथा बजारीकरण गर्ने, जुम्लालाई केन्द्र हुनेगरी डोल्पा, जाजरकोट सड्क सहित विभिन्न काममा जोड दिए । उनले, आफु जुम्लाबाट सांसद भएर गएपछि मुख्यमन्त्री हुन्छु त भन्दैन तर आकांक्षी हो तर पार्टीले जिम्मा दियो भने सरकारको महत्वपूर्ण पदमा रहने जनतालाई विश्वासको प्रतिवद्धता गरेका छन् ।
उनले हिजो संविधान बनाउने देखी जुम्ला चौधविस, वारकोटेवाडा जोड्ने पक्कि पुल निर्माण र जुम्ला उर्थु हुदै मुगु जोड्ने सड्क खुलाउने काम गरेको, जुम्लाको विधुतलाई स्तरबृद्धि गर्न मेशिन पुनस्र्थापन गर्ने महत्वपूर्ण रहेको छ ।
स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले पार्टीभित्रको लगानी, त्याग, तपस्या र बलिदानीको बेवास्ता गर्दै भनसुन र चाप्लुसीका भरमा नेतालाई टिकट दिइएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको शाहीको भनाई छ । उहाँका अनुसार यहाँको जल, जमिन, जडीबुटी, खानेपानीलगायत जनताका आधारभूत विकासका एजेन्डा बोकेर घरदैलामा गइरहेका शाही दलभन्दा पनि व्यक्ति हेर्ने पक्षमा धेरै मतदाता भएकाले आफ्नो जितमा कुनै दुईमत नरहेको भन्दै बताउछन् ।
एमालेका तर्फबाट प्रदेश (क) का उम्मेदवार भएका धिरेन्द्रराज गिरीका अनुसार जुम्लाको आर्थिक समृद्धि, रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन, सडक विस्तार र किसानको जीवनसुधार हुने खालको नीति निर्माणमा जोड दिने प्रतिबद्धता छ । नीतिविना विकास र समद्धि सम्भव छैन । अहिलेसम्म कर्णालीमा यातायातको भाडादर निर्धारण गर्ने, विभिन्न राजस्व उठाउने, स्रोत परिचालन गर्ने, रोजगारी सिर्जना गर्ने, निर्यात प्रवर्द्धनजस्ता अत्यावश्यक कानुन वनाउनेमा आफ्नो प्रतिवद्धता गर्नुभयो ।