OnlinePana

आज : २०८२ मंसिर १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक १९, २०८२
७५ पटक

 

१८ कात्तिक २०८२, बुधबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णालीलाई नेपालको मुख्य गन्तव्य बनाउने लक्ष्य राखेर प्रदेश सरकार अगाडि बढेको बताउनुभएको छ ।

‘जाउँ है बेगनास पोखरा प्रवद्र्धन कार्यक्रम’ लिएर सुर्खेत वीरेन्द्रनगर पुगेको होटल एण्ड रेस्टुरेन्ट एशोसियसन लेखनाथ पोखरा कास्कीको भ्रमण टोलीसँग आज भएको छलफलमा मन्तव्य व्यक्त गर्दै मन्त्री अधिकारीले पर्यटकी दृष्टिले कर्णाली र गण्डकी दुवै अथाह संभावना बोकेका प्रदेश भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वाधारका हिसाबले कर्णाली कमजोर छ तर धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटनको प्रचुर संभावना छ ।”

मन्त्री अधिकारीले बेगनास पोखरा र कर्णालीको पर्यटन प्रवद्र्धन एवं विकासमा सहयोग पुग्ने गरी प्रचारात्मक कार्यमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । कर्णालीमा पुगेको होटेल व्यवसायीहरुको टोलीले कर्णालीको आहा भन्ने चीज लिएर जान आग्रह गर्दै उहाँले अब मध्य पहाडी लोकमार्गले कर्णाली र गण्डकी प्रदेशको पर्यटन विकासमा सम्बन्ध सेतुको काम गर्ने बताउनुभयो ।

कर्णाली प्रदेश पर्यटन बोर्ड सदस्य तथा व्यवसायी पदमबहादुर शाहीले व्यवसायिक दक्षता र राज्यले निर्माण गर्ने अनुकुल वातावरणबाट पर्यटन प्रवद्र्धन हुने बताउनुभयो । उहाँका अनुसार पर्यटनले रोजगारी प्रदान गर्नुका साथै आर्यआर्जन तथा सरकारको राजश्व वृद्धिमा सहयोग पुग्छ ।

होटेल तथा रेष्टुरेन्ट एशोसियसन लेखनाथ पोखरा कास्कीका अध्यक्ष बीरभद्र कँडेलले पोखरा भ्रमण वर्ष २०२५ रहेर गरिएको भ्रमण अवलोकनले कर्णाली र बेगनासको सम्बन्ध विकास र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार एशोसियनको आयोजनामा यतिबेला बुटवल, बर्दिया र सुर्खेतको भ्रमण अवलोकन गरिएको छ ।

उक्त छलफल कार्यक्रममा उद्योग मन्त्रालयका निमित्त सचिव सुनिता केसी र वन निर्देशनालय सुर्खेतका निर्देशकले कर्णाली सरकारले पर्यटन विकासका लागि लिएको नीति, निर्माण गरेको पर्यटन गुरुयोजना, हालसम्म भएका प्रवद्र्धनका कार्यक्रम र आगामी रणनीति, योजना तथा तय गरिएको लक्ष्यका बारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्