

१९ भदौ, काठमाडौं । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल प्ल्याटफर्महरू चल्नबाट रोक लगाउने निर्णयसँगै यतिबेला यसका पक्ष र विपक्षमा विभिन्न बहस भइरहेका छन् ।
कतिपयले सरकारको यो कदमलाई ठिक भनिरहेका छन् भने कतिपयले भने चर्को विरोध गरिरहेका छन् । यसैबीच नेपालीहरूले दैनिक प्रयोग गर्दै आइरहेको फेसबुक, युट्युब, ह्वाट्सएप लगायतका प्ल्याटफर्ममा बढी चासो देखिन्छ ।
सरकारले दिएको विवरण अनुसार, पाँच वटा सामाजिक सञ्जाल भने यसअघि नै सूचीकृत भइसकेका छन् । टिकटक, भाइबर, निम्बज, विटक र पोपोलाइभ भने नेपालमा नियमित चल्नेछन् । टिकटक र भाइबर नेपालीले प्रयोग गरिरहनेमध्येका प्ल्याटफर्म भए पनि निम्बज, विटक र पोपोलाइभबारे भने धेरैलाई थाहा नहुन सक्छ ।
टिकटक :
टिकटक भनेको छोटो भिडिओ पोस्ट गर्ने एउटा प्ल्याटफर्म हो । यसमा अचेल फोटो मात्र पनि पोस्ट गर्न मिल्न । टिकटक एप अथवा वेबमार्फत चलाउन सकिन्छ ।
यसको इन्टरफेस निकै सामान्य छ । एप खोल्ना साथ तपाईं ’फोर यु पेज’ मा जानुहुन्छ । जहाँ केही मिनेटसम्मका भिडिओ अथवा केही फोटोहरू आउन सक्छ । यो चलाउने प्रक्रिया तल दिइएको छ सबैभन्दा सुरुमा एप स्टोर आईफोन प्रयोगकर्ता र गुगल प्ले स्टोर एन्ड्रोइड बाट टिकटक डाउनलोड गर्नुहोस् । त्यसपछि त्यहाँ अकाउन्ट साइनअप अथवा लगइन गर्ने विकल्प आउँछ । साइनअप गर्न नम्बर, इमेल अथवा अन्य सामाजिक सञ्जाल प्रयोग गर्नुस् । त्यसपछि आफ्नो युजरनेम र प्रोफाइल पिक्चर राख्नुस् ।आफ्नोबारेमा केही बायो पनि राख्नुस् । र, आफूलाई रुचि भएका विभिन्न विषय छान्नुस् । यसपछि अकाउन्ट खुल्छ । टिकटक चलाउँदा निम्न कुरा थाहा पाउनुपर्ने हुन्छ । फोर यू पेज (एफवाईपी)स् यो भनेको एप खोल्न साथ आउने फिड हो । यसमा टिकटकको एल्गोरिदमले तपाईंको रुचि अनुसारका कन्टेन्ट दिने गर्छ ।
फलोइङस् यसमा तपाईंले फलो गरेका अकाउन्टहरूको मात्र कन्टेन्ट गर्न सक्नुहुन्छ ।
फ्रेन्ड्सस् यसमा तपाईं र तपाईंको साथीले एकअर्कालाई फलो गर्नु भएपछि कन्टेन्ट देखिन्छ ।
सर्चस् यसमा तपाईंले आफ्नो साथी अथवा कुनै विषय पनि सर्च गर्न सक्नुहुन्छ ।
इनबक्सस् यसमा तपाईंले आफूलाई आएका मेसेजहरू हेर्न सक्नुहुन्छ ।
प्रोफाइलस् यसमा तपाईंले गरेका पोस्ट, आफ्नो ड्राफ्ट अथवा लाइक गर्नुभएको भिडियो हेर्न सक्नुहुन्छ ।
भाइबर
भाइबर एउटा कल अथवा मेसेज गर्ने निस्शुल्क प्लेटफर्म हो । यो एउटा ह्वाट्सएपको विकल्प पनि हो । यो चलाउन तपाईंलाई मोबाइल नम्बर चाहिन्छ । यो चलाउने प्रक्रिया तल दिइएको छ ।
सबैभन्दा पहिले एप स्टोर अथवा एप्पल एप स्टोरबाट भाइबरको एप डाउनलोड गर्नुहोस् ।
आफ्नो फोन नम्बर राख्नुहोस् । भेरिफिकेसनका लागि भाइबरले तपाईंलाई एसएमएसमा कोड आउँछ । त्यो राख्नुहोस् ।
यति गर्नु भएपछि तपाईंले आफ्नो कन्ट्याक्टमा सेभ गर्नु भएका व्यक्ति, जो भाइबर चलाउँछन्, उनीहरूसँग टेक्स्टमा कुरा गर्न, फोन गर्न अथवा भिडिओ कल पठाउन सक्नुहुन्छ । ह्वाट्सएप चलाइरहनुभएको छ भने तपाईं सजिलै यो एप चलाउन सक्नुहुन्छ ।
निम्बज
निम्बज पनि एक प्रकारको मेसेजिङ एप हो । यसमार्फत च्याट गर्न, अडियो कल गर्न अथवा फाइलहरू आदानप्रदान गर्न सकिन्छ । यो चलाउन तलको प्रक्रिया अपनाउनु सक्नुहुनेछस्
गुगल प्ले स्टोर अथवा एप स्टोरमार्फत निम्बज डाउनलोड गर्नुहोस् ।
अब एप खोल्नुहुँदा तपाईंले क्रियट न्यू अकाउन्ट देख्नुहुन्छ । यसमा आफ्नो फोन नम्बर वा इमेल प्रयोग गरेर अकाउन्ट बनाउन सक्नुहुन्छ।
त्यसपछि आवश्यक विवरणहरू ९जस्तैस् नाम, पासवर्ड, आदि० भरेर क्रियट बटनमा ट्याप गर्नुहोस्। त्यसपछि तपाईंले दिनुभएको फोन नम्बर वा इमेलमा एउटा भेरिफिकेसन कोड आउँछ ।
त्यो राखेर अकाउन्ट भेरिफाई गर्नुभएपछि अकाउन्ट खुल्छ । निम्बज चलाउँदा निम्न कुरा थाहा पाउनुपर्ने हुन्छ ।
च्याटस् यसमा तपाईंले आफ्नो साथीहरूसँग च्याट गर्न सक्नुहुन्छ ।
च्याटरुम्सस् यसमा अन्य प्रयोगकर्ताहरूसँग च्याट गर्न सक्नुहुन्छ ।
सोसल मिडिया जोनस् यसमा अन्य ९आफूले समेत०ले सेयर गरेका स्टोरी, फोटो, भिडिओ हेर्न सक्नुहुन्छ । यसका साथै लाइभ स्ट्रिम अथवा भर्चुअल गिफ्ट समेत पाउन सक्नुहुन्छ ।
वीटोक
वीटोक नेपालमै बनेको नयाँ भिडियो–साझेदारी गर्ने एप हो। यसमा तपाईं आफ्नो कला, प्रतिभा, विचार र सिर्जनालाई छोटकरी भिडियोमार्फत साझा गर्न सक्नुहुन्छ। वीटोकले नयाँ पुस्तालाई मनोरञ्जन, सिकाइ र अवसर सँग जोड्छ।
यसका साथै छोटकरी भिडियो बनाउन, अपलोड गर्न र शेयर गर्न सजिलो बनाउँछ ।
यस्तै नृत्य, गीत, अभिनय, कला वा कुनै पनि क्रिएटिभ आइडियालाई प्रस्तुत गर्ने मौका पाउन सक्नुहुन्छ ।
नेपाली युवालाई विश्वसँग जोड्ने डिजिटल प्लेटफर्म हो। यसमा प्रतियोगिता, पुरस्कार र मान–सम्मानका अवसर लिन सक्नुहुन्छ । साथै आफ्ना साथी, परिवार र समाजसँग सिधा सम्पर्कमा रहने माध्यम पनि बनाउन सक्नुहुन्छ ।
वीटोक डाउनलोड गरेर आफ्नै प्रतिभा देखाउनुहोस्, रमाइलो गर्नुहोस् र नयाँ अनुभव प्राप्त गर्नुहोस्।
पोपोलाइभ
पोपोलाइभ एउटा लाइभ स्ट्रिमिङ प्लेटफर्म हो । यसबाट अरूसँग भिडियो कल गर्न, नयाँ साथीहरू बनाउन र आफ्नो प्रतिभा देखाउन सकिन्छ । यो चलाउन तलको प्रक्रिया अपनाउनुहोुस्स्
एप स्टोरमार्फट एप डाउनलोड होस् ।
यसमा तपाईंले आफ्नो फोन नम्बर, इमेल वा अन्य सामाजिक सञ्जाल ९जस्तैस् गुगल अकाउन्ट० प्रयोग गरेर अकाउन्ट बनाउन सक्नुहुन्छ ।
यसपछि आवश्यक जानकारी ९जस्तैस् प्रयोगकर्ताको नाम० भर्नुहोस् र तपाईंको अकाउन्ट तयार हुनेछ ।
तर, यसमा लाइभमा जानुअघि केही कुराहरूको आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । त्यो तह पार गरेपछि लाइभमा जान सक्नुहुन्छ । जहाँ तपाईंले भर्चुअल गिफ्ट पाउन सक्नुहुन्छ । लाइभमा बसेका अन्य प्रयोगकर्ताहरूसँग कुराकानी गर्न सक्नुहुन्छ ।