

नेत्र शाही/जुम्ला,
भदौ १२ गते । वि.सं २०७३ सालमा विहान झिसमिसेमा ट्याक्टर लिएर बालुवा लिन गएका जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ७ निवासी हरिचन्द्र रावल दुर्घटनामा पर्नुभयो । सो ट्याक्टरमा बसेका एक जनाको मृत्यू भयो भने एक अर्का साथीको खुट्टा भाचियो ।
हरिचन्द्र रावललाई भने नसामा समस्या भएपछि उपचार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, नेपालगंज मेडिकल कलेज, हुदै भारतको लखनऊमा उपचारका लागि लिएर महंगो खर्च भयो । तर पूर्ण रुपमा सन्चो हुन सकेन । दुर्घटना पछि घरखेत बेचेर काठमाण्डौ, वनेपा सहितका विभिन्न अस्पतालमा पनि परिवारले उपचारका लागि लियो । तर सन्चो नभएपछि घर फिर्ता भएर झण्डै ८ बर्ष देखी घरमै स्याहार सुसार भईरहेको छ ।
प्राकृतिक वा दुर्घटनाको कारणले धेरै व्यक्ति अपाङ्गता भएका छन् । तर हरिचन्द्रको फरक छ । उहाँको स्याहार सुसारमा दिनरात लागेकी आमा कर्मकाली रावल भन्नु हुन्छ, अहिले शरिरमै दिसा, पिसाब हुन्छ । दुवै खुट्टा चल्दैनन, दाया हात चन्दैन, दिसा पिसाव गर्न पेटमा पाईप राखिएको छ । डाक्टरले दिसा पिसावका लागि पहिले एक ठाउँबाट पाईप हालेका थिए । त्यहाँ घाउ बल्झिएपछि अर्को ठाउँबाट पाईप जोडिएको छ । अहिले त्यहाँ पनि घाउ बल्झियो । घाउ सफा गर्ने, औषधी खाने पैसा छैन् ।
आमा कर्मकली भन्नु हुन्छ, हरिचन्द्र पूर्ण अशक्त भएर ओछ्यानमा थन्किएपछि आफु पनि उसैको स्याहार सुसारमा ९ बर्ष देखी लागेकोछु । घरमा आम्दानी छैन, भएको उसको नामको सम्पति समेत बिक्रिगरेर बस्ने घर पनि उपचारका लागि धितो राखिएको छ । आम्दानी केही छैन, छोराको दिसा पिसाव स्हार्न मात्रै मासिक २,३ हजारको पञ्जा चाहिन्छ, २० हजारको औषधि चाहिन्छ । घाउ बल्झिदै गयो । अहिले त ह्विल चेयर पनि छैन । वोेकेर अस्पताल घाउ सफा गर्नका लागि ल्याउन कठिन छ । मासिक खाना जुटाउन समेृत कठिन भएको उहाँ दुःख पोख्नु हुन्छ ।
दुभाग्य हरिचन्द्रका वुवा कर्मसिंह रावल पनि विरामीले थलिएका छन् । पेट र पाईल्सको सल्यक्रिया पछि झन बिग्रेर दैनिक जीवन यापन गर्न कठिन भईरहेको बताउनु हुन्छ । आमा कर्मकलाले कोही दयालु महानुभाव भएमा छोराको उपचारका लागि सहयोग गर्न अपिल गर्नुभयो । पूर्ण अक्त भएका हरिचन्द्र भने हरेक समयमा आफ्नो मृत्यू छिटो भईदिएको भए भनेर भगवान पुर्काछन । आज आमा हुदा दिसा पिसाव स्याहारिरहनु भएको छ । आमा नहुदा के गर्ने, कसरी दैनिक जीवनयापन गर्ने, उहाँको चिन्ता रहेको छ । हरिचन्द्रको पूर्ण अशक्त भएपछि पछि श्रीमति पनि छोडेर अर्काको विवाह गरेको परिवार बताउछ । आमाले अर्कै विवाह गरेर गएपनि छोरी हरिचन्द्रको साथमा जेनतेन पढिरहेकी छन् ।
कमाउने छोरा दुर्घटना परेर पिडै पिडा खेपेको परिवारले स्थानीय सरकार सँग पनि उपचार खर्च माग गरेपनि नपुगेको बताउछ । अघिल्लो कार्यकाल कान्तिका सेजुवाल नगरप्रमुख हुदा रु २५ हजार उपचारका लागि चन्दननाथ नगरपालिकामा माग गरेका थियौ । तर अहिले पाएका छैनौ । शरिरमै दिसा, पिसाव गर्ने, घाउ बल्झिरहेका व्यक्तिलाई राज्यले यथासिघ्र उपचार गर्नुपर्ने हुन्छ ।
यता चन्दननाथ नगरपालिकाका महिला तथा वालवालिका शाखा महिला विकास निरीक्षक पुष्पा थापाले उहाँको उपचारका लागि पहल गरिने बताउनुभयो । यता अपाङ्गता भएका व्यक्तिलाई सरकारले निशुल्क उपचार गर्ने भएपनि हुन नसकेको राष्ट्रिय अपांग महासंघ नेपालका केन्द्रीय सदस्य रामकृष्ण न्यौपाने बताउनु हुन्छ ।
क्याप्सन :पूर्ण अशक्त अपाङ्गता भएका हरिचन्दलाई ह्विलचेयरमा उपचार गर्न अस्पताल लिदै आमा वुवा तस्बिर नेत्र शाही, जुम्ला ।





