OnlinePana

आज : २०८३ बैशाख २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कार्तिक २२, २०८२
२५५ पटक

२१ कात्तिक २०८२, बिहीबार
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका थुनुवा गंगे सुनार मृत्यु प्रकरणबारे छानबीन गर्न समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोकजत्वमा आज पाँच सदस्यीय पाँच सदस्यीय समिति गठन भएको हो । उक्त समितिमा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतका वडाध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जाल सुर्खेतका संयोजक पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेश सचिव मालती विक र मृतकका परिवारका तर्फबाट गीता सुनार सदस्य रहेका छन् ।

लागु औषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत पिपिराका २६ वर्षीय सुनार आज बिहान प्रहरी हिरासतमै अचेत अवस्थामा भेटिएका थिए । उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याएलगत्त चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्