
२१ कात्तिक २०८२, बिहीबार
जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका थुनुवा गंगे सुनार मृत्यु प्रकरणबारे छानबीन गर्न समिति गठन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलको संयोकजत्वमा आज पाँच सदस्यीय पाँच सदस्यीय समिति गठन भएको हो । उक्त समितिमा वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतका वडाध्यक्ष खिमलाल देवकोटा, मानव अधिकार सञ्जाल सुर्खेतका संयोजक पिताम्बर ढकाल, राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेश सचिव मालती विक र मृतकका परिवारका तर्फबाट गीता सुनार सदस्य रहेका छन् ।
लागु औषध कारोबार मुद्दामा थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेत पिपिराका २६ वर्षीय सुनार आज बिहान प्रहरी हिरासतमै अचेत अवस्थामा भेटिएका थिए । उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याएलगत्त चिकित्सकले मृत घोषणा गरेका थिए ।






