OnlinePana

आज : २०८२ भाद्र १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
भाद्र १७, २०८२
२७ पटक

१६ भदौ २०८२, सोमबार

बीमा प्राधिकरणका कार्यकारी प्रमुख सुशीलदेव सुवेदीले बीमितको हित प्रवर्द्धनबाट मात्र बीमामा आकर्षण बढ्ने बताउनुभएको छ ।

बीमा प्राधिकरण प्रदेश कार्यालय सुर्खेतद्वारा आइतबारदेखि वीरेन्द्रनगरमा आयोजित दुई दिने ‘सम्पति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण’ सम्बन्धमा बीमकहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख सुवेदीले पछिल्लो समयमा कर्णाली बीमामा जागरुक भएको बताउनुभयो । उहाँले प्राधिकरणका नयाँ प्रावधान र निर्देशिकाका विषयमा सुसूचित र सचेत गर्ने हेतुले प्रशिक्षण दिइएको बताउनुभयो ।

बीमा कम्पनीहरुले गरेका काम सह्रानीय भएको बताउनुभएका कार्यकारी प्रमुख सुवेदीले कर्णाली गाउँसम्म सबै नागरिकहरुको सहजै पहुँच पुग्ने गरी काम गर्न सुझाउनुभयो । नागरिकमा विश्वास दिलाउन सके र उनीहरुको जोखिम वहन हुने कामप्रति प्रतिवद्ध भएर लाग्न सके नागरिकमा आशा, सचेतना र सुनिश्चिता बढ्ने उहाँको भनाई थियो ।

उक्त कार्यक्रममा प्राधिकरणका नियमन तथा सम्पति शुद्धीकरण, निवारण शाखाका प्रमुख पदमप्रसाद सोडारीले बीमा सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून तथा प्रावधान, सम्पति शुद्धीकरण प्रणालीको मुख्य उद्देश्य, बीमाका जोखिम, समस्या, ग्राहक पहिचान, प्राविधिक ज्ञान, स्रोत तथा मानव जनशक्ति, प्राधिकरणबाट जारी निर्देशनका बारेमा आफ्नो प्रस्तुति राख्नुभयो ।

उहाँले जनताको पैसा बीमक कम्पनीसँग रु.आठ अर्ब रहेको बताउँदै अनसन्धानमा बीमाका अपराध बढी आउँदा राज्यलाई टाउको दुखाईको विषय भएको उल्लेख गर्नुभयो । शाखा प्रमुख सोडारीले सम्पति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी सम्बन्धी निर्देशन, २०८२ मा भएका मुख्य व्यवस्थाहरु बारे समेत जानकारी दिनुभयो ।

निर्देशनको दफा ३–१२ सम्म नीति तथा कार्यविधि बनाई लागु गर्नुपर्ने, ग्राहक पहिचान तथा सम्पुष्टि, उच्च पदस्थ व्यक्ति, वास्तविक धनी, बृहत, सरलीकृत ग्राहक पहिचान, विद्यमान तथा वास्तविक धनी पहिचान अद्यावधिक, निरन्तर अनुगमन, सीमा कारोवार सम्बन्धी प्रतिवेदन र खास कारोबारमा विशेष ध्यान दिनुपर्नेलगायतका विषयमा सहभागीहरुलाई उहाँले सूचित गर्नुभयो ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा आईतबार बैंक तथा वित्तीय संस्थाका प्रमुख र सोमबार सजीवन तथा नीर्जिवन बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख, पोलिसी जारीकर्ताहरुको सहभागी रहेको प्राधिकरण प्रदेश कार्यालयका उपननिर्देशक नीलमणि लामिछानेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्