OnlinePana

आज : २०८२ कार्तिक १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
1कार्तिक १६, २०८२
८१ पटक

जुम्ला / कार्तिक १५ गते ।

जुम्लामा जारी सेमिफाईनल फुटवल प्रतियाेगितामा जनसेवा यूवाक्लब र आयाेजक चन्दननाथ नगरपालिका ३ बिजयी भएका छन् ।

शनिवार सम्पन्न सेमिफाईनल प्रतियाेगितामा पहिलाे खेल आयाेजक चन्दननाथ नगरपालिका ३ र फाेईकालिका यूवा क्लब विच भएकाे थियाे जसमा आयाेजक चन्दननाथ ३ ले बिजयी हासिल गरेकाे छ । चन्दननाथ ३ ले १ गाेल हान्न सफल भएकाे थियाे ।
आयाेजक प्रतियाेगिता समितिका संयाेजक राजबहादुर खत्रीका अनुसार दाेस्राे खेल जनसेवा यूवा क्लबले बिजय हात पारेकाे छ ।

जनसेवा यूवा क्लब र मिलन यूवा क्लब बिच भएकाे दाेस्राे सेमिफाईनल खेलमा जनसेवाले २ गाेल हानेकाे छ ।सेमिफाईनलमा पुगेका आयाेजक चन्दननाथ ३ र जनसेवा छिना बिच फाईनल हुनेछ ।  फाईनल खेल आईतबार दिउसाे हुनेछ ।

 

प्रतिकृया दिनुहोस्