OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,आश्विन २७, २०७९ जुम्ला,
४९३ पटक

असोज २७ गते । बाढि र पहिरोले सवैभन्दा बढि क्षति पुरयाएको जुम्लाका ३ गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणका लागि माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला बिपत व्यवस्थापन समितिको वैठकले सिंजाका कनकासुन्दरी, हिमा र सिंजा गाउँपालिकामा जनधनको अत्याधिक क्षेति भएकाले संघीय सरकारलाई राहात, उद्धार तथा पुनस्थापनाका लागि आवहन गरिएको छ ।

जिल्ला विपत व्यवस्थापन समितिको विहिवार बसको वैठले विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ को (१) बमोजिम जुम्ला जिल्लाका कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकाको वडा नम्बर १,३,४,६,७ र ८, तिला गाउँपालिका वडा नम्बर १,२,३,४ ६ र ७, गुठिचौर गाउँपालिकाको १ र २ र पातारासीको ३ नम्बर वडालाई संकटग्रष्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरि पठाईएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमारी केसरीले जानकारी दिनुभयो ।

बाढि र पहिरोले जुम्लामा १ एक हजार ६ सय ७५ जना बिस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार ३१६ घर पूर्ण क्षेति, ४४० घर उच्च जोखिम, ७२६ घर आशिंक क्षेति भएका छन् । जिल्ला प्रशासनका अनुसार जुम्लामा १० जनाको बाढि पहिरोले मृत्यू भएको छ भने एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार सवैभन्दा बढि हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा यस पटक क्षति भएको र क्षतिको पूर्ण विवरण आउन वाँकी रहेको छ । २०७९ असोज १९ गतेदेखी परेको अविरल बर्षा र बाढिले अहिले सम्म कर्णाली राजमार्ग अवरुद्ध छ ।

जिल्लाको सवैशक्ति प्रयोग गरेर सड्क सूचारु गर्न काम भईरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । ठाउँठाउमा पहिरो गएकाले अवरुद्ध भएको र सफाई भईरहेको स्थानीय तहले जनाएका छन् । सिजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले सिंजा गाउँपालिकाको कार्यालय, प्रहरी चौकी समेत डुवानमा परेकोमा बताउनुभयो । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको बुअ, बड्की, मोफ्ला र खलढुंगा लगायतका गाउँमा बढि पहिरो आएर बिस्थापित भएका जानकारी दिनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्