OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १८, २०७९सुर्खेत
४०७ पटक

१९ असार २०७९ शनिबार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले ड्रागन फ्रुट खेती कर्णालीका लागि नयाँ सुरुआत भएको बताउनुभएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेत नेवारेस्थित मालिका कृषि तथा ड्रागन फ्रुट फर्मको आज उद्घाटन गर्दै सहकारीमन्त्री शाहीले मेहनती कृषकका कारण कृषि क्षेत्र व्यवसायिक प्रवद्र्धन र उन्नति हुने बताउनुभयो । उहाँले भन्नुभयो, “ड्रागन फ्रुट उत्पादनमा वृद्धि गर्नुस्, बजारीकरणमा समस्या देखिए प्रदेश सरकारले त्यसको सहजीकरण गर्छ ।”

कर्णाली प्रदेशको आर्थिक समृद्धिमा कृषि क्षेत्रको ठूलो भूमिका रहेको भन्दै मन्त्री शाहीले व्यवसायिक र पौरखी कृषकहरुका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास दिनुभयो । कुनैपनि निकायको सहयोगविना लाखौंको लगानी गरेर यहाँको अर्थतन्त्रमा सहयोग पुर्याउने अभियानमा लागेको भन्दै फर्मका सञ्चालिका पद्मा रावत (बुढा)लाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

सञ्चालिका बुढाले एक वर्षदेखि शुरु गरेको फर्मले उत्पादित एक क्विन्टल ड्रागन फ्रुट बजारमा पठाइएको जनाउनुभयो । उहाँले भन्नुभयो, “२८ कट्ठा जमीन भाडामा लिएर रु.७० लाखको एकल लगानीमा ड्रागन फ्रुटको खेती गरिएको छ । एक सिजनमा प्रतिबोटले न्यूनतम पाँच केजीका दरले १३ हजार केजी दिने अपेक्षा गरेका छौं ।”

उत्पादन गरिएको ड्रागन फ्रुट बिक्रीका लागि बजार लिनु नपरेको र अहिले सबै फर्ममा आएर किन्ने गरेको उहाँले बताउनुभयो । बुढाका अनुसार प्रतिकेजी रु.८०० का दरले ड्रागन फ्रुट बिक्री गर्ने गरिएको छ । एक सिजनमा १३ हजारका दरले वर्षमा ५२ हजार किलो ड्रागन फ्रुट उत्पादन हुने फर्मले अनुमान गरेको छ ।

प्रतिकृया दिनुहोस्