OnlinePana

आज : २०८३ साउन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २५, २०८३काठमाडौं
३ पटक

२५ साउन २०८३, सोमबार

सुर्खेतः कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो जीवन आहुति दिने यहाँका चार सहिदहरुको स्मृति दिवसका अवसरमा दीप प्रज्ज्वलन गरिएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको वीरेन्द्र चोकमा आज दीप प्रज्ज्वलन गरिएको हो । प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले दीप प्रज्ज्वलन गरी प्रदेश स्थापनार्थ आफ्नो प्राण बलिदान गर्ने कर्णालीका चार सहिदहरु हरिबहादुर कुँवर (जुम्ला) यामबहादुर बिसी, टिकाराम गौतम र गोपालसिंह रजवार (सुर्खेत)को स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “कर्णाली र मुलुकका लागि आफ्नो जीवन बलिदान दिने चारैजना सहिदहरुप्रति उच्च सम्मान प्रकट गर्दै उनीहरुले देखाएको सपना र बाटोमा सरकार निरन्तर अगाडि बढ्ने प्रतिवद्धता गर्दछ ।” सहिदहरुको सपनाको दियो कहिल्यै निभ्न नदिने भन्दै मुख्यमन्त्री शाहीले सामाजिक न्याय र समनताका लागि नागरिकहरुले ज्यान गुमाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन नदिने सबैको साझा प्रतिबद्धता अपरिहार्य भएको बताउनुभयो ।

आयोजक यामबहादुर बिसी प्रतिष्ठानका अध्यक्ष भगवती बिसीले विसं.२०७२ साउन २३ देखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने बीर सहिदहरुको ११औं स्मृति दिवसको अवसरमा दीप प्रज्ज्वलन गरिएको बताउँदै भदौ चार गतेसम्म विभिन्न कार्यक्रम गरिने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्