OnlinePana

आज : २०८२ मंसिर ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर ५, २०८२
३२ पटक

 

नेत्र शाही,जुम्ला ।

मंसिर ४ गते । जुम्लाकाे प्रमुख जिल्ला अधिकारी दिपक पाैडेलले जुम्लामा पहिलाे काम जनतालाई सरकारका सेवाका बिषयमा स्थानियतहमा सचेतना लिने याेजना बनाएकाे बताउनुभयाे ।

प्रमुख जिल्ला अधिकारी दिपक पाैडेलले जिल्लामा गरेकाे पत्रकार भेटघाटमा जिल्लाका आठवटा स्थानीय तहमा सेवा प्रवाहकाे बिषयमा सचेतना कार्यक्रम गरिने बताउनु भयाे । उहाँले यश अभियानमा पत्रकार सराेकारवाला निकाय र जनप्रतिनिधिकाे सहभागिता गरिनेछ ।
पत्रकार भेटघाटमा जिल्लाकाे विकास समृद्विमा सहकार्य आवश्यकता रहेकाे बताउनुभयाे ।

यहाँले आएका केही दिनमा राजनितिक दल र कर्मचारी सँग बसेर सुझाब लिएकाे बताउनु भयाे । उहाँले पत्रकारबाट आएका सकारात्मक बिषय समेटेर काम गर्नेमा जाेड दिनुभयाे ।

पत्रकारले प्रमुख जिल्ला अधिकारी पाैडेललाई पत्रकार भेटघाटमा जिल्लाकाे बिकास, शुसासन र सेवा प्रवाहका बिषयमा पत्रकारले सुझाब दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी पाैडेललाई जिल्लाकाे शान्ति सुरक्षाका सवालमा थप मनन गर्नुपर्ने समेत सुझाब दिईएकाे छ ।
प्रजिअ पाैडेलले सेवा प्रवाहमा चुस्त र पार्दशिताका सवालमा सजग हुने सुचना प्रवाह गर्न पत्रकारलाई अनुराेध गर्नुभयाे ।

प्रजिअ केदारनाथ शर्माकाे सरूवापछि अहिले दिपक पाैडेल जुम्लााकाे सिडियाेकाे रूपमा हाजिर हुनु भएकाे छ ।

प्रतिकृया दिनुहोस्