OnlinePana

आज : २०८३ साउन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन २५, २०८३काठमाडौं
३ पटक

२५ साउन २०८३, सोमबार

सुर्खेतः गृह मन्त्रालयको निर्देशनलगत्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतले ग्याँस अभावको अवस्था बुझ्न आकस्मिक अनुगमन गरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीसहितसुरक्षा प्रमुख, नागरिक समाज, उपभोक्ता अधिकार मञ्च र पत्रकारसहितको टोलीले ग्याँस अभाव र त्यसले जनजीवनमा पारेको प्रभावबारे आज आकस्मिक रुपमा संयुक्त अनुगमन गरेको थियो । निमित्त प्रजिअ कार्कीका अनुसार गृहको निर्देशनपश्चात् सुर्खेतका ११ ग्याँस डिलरमा पुगेर ग्याँसको अभाव, वितरण प्रक्रिया र उपभोक्ता पीडाको अवस्था अध्ययन गरिएको छ ।

उहाँले भन्नुभयो, “हामीले आईतबार जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी तथा अशक्तहरुलाई १० प्रतिशत ग्याँस छुट्याएर उपलब्ध गर्ने निर्णय गरेका थियौं । अनुगमनका क्रममा सो निर्णय कार्यान्वयन गरी १०४ ग्याँस सिलिण्डर वितरण गरेको पाईयो । उनीहरु आज निकै खुसी भएको पायौं । सबै डिलरले निर्देशनानुसार काम गरेको भेटियो ।”

अनुगमनका क्रममा अभावमा रहेका विद्यार्थीहरुलाई पनि ग्याँस सिलिण्डर उपलब्ध गराउन लगाईको प्रजिअ कार्कीले बताउनुभयो । ग्याँस वितरणको अवस्था अब सहज हुँदै जाने बताउँदै उहाँले फोटो, भिडियोसहित अनुगमनमा देखिएका अवस्थाको प्रतिवेदन तयारी आजै गृह मन्त्रालयमा पठाईएको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्