OnlinePana

आज : २०८२ पौष ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पौष ३, २०८२
५५ पटक

 

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।

नयाँ नेतृत्व चयनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन भएका थिए । तर २ हजार २२७ मत मात्र खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिए । उनका अनुसार ३६ अनुपस्थित भए । उनले भने, ‘२ हजार २२७ मत खस्यो । ३६ जना अनुपस्थित हुनुभयो ।’

८० वटा इलेक्ट्रोनिक मेसिनबाट मतदान गरिएको थियो ।

मतपरिणाम आजै सार्वजनिक हुनेछ । आज बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने कार्यक्रम राखिएको छ ।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पाखरेल प्यानलसहित प्रतिस्पर्धा गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्