OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ११, २०७८काठमाडौं
१५६० पटक

जुम्ला, फागुन ११ गते, जुम्लामा मानसिक स्वास्थ्य समस्या भएकी एक महिलाको उद्धार गरिएको छ । लामो समय देखी मानसिक समस्या र आर्थिक अभावका कारण सड्कमा हिड्दै गरेकी ति महिलालाई उपचार पछि मानव सेवा आश्रममा पठाईएको छ ।

तातोपानी गाउपालिका ३ लिताकोट स्थाई ठेगाना भएकी ३५ वषीर्या लाउरी रोकाया झण्डै एक दर्शक देखि मानसिक स्वास्थ्य समस्याका कारण सडकमा बस्दै आउनु भएको थियो । सडकमै जिवन बिताउदै आएकी रोकायालाई जिल्ला प्रशासन कार्याल ,तातोपानी गाउपलिका ,चन्दननाथ नगरको महिला शाखा र ओसि एमसीको सहयोगमा उद्धार गरी कर्णाली प्रदेशको मावसेवा आश्रममा पठाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

लामो समय देखि मानसिक समस्याबाट पिडित ति महिलालाई एका तर्फ आर्थिक अभाव आर्को तर्फ आफन्त कोही नभएकाले उनको दैनिकी सडकमै बितेको थियो । चन्दननाथ नगरपालिको महिला शाखामा कार्यरत्त पुष्पा थापा र जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइको पहलमा कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानको एकद्धार संकट व्यवस्थापन प्रणाली (ओसिएमसि) विभागको निगरानीमा एक महिना १२ दिन उपचार पनि गरिएको थियो ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी प्रसाईका अनुसार उपचार पछि केही सुधार भएको थियो । तर उहाँलाई समयमै औषधि खुवाउने मान्छे नभएकाले उनको दिर्घकालिकन ब्यवस्थापानको लागी कर्णाली प्रदेशको मानवसेवमा आश्रममा पठाइएको छ । प्रजिअ प्रसाईले कर्णाली प्रतिष्ठानको ओसिएमसि कार्यक्रमको सहयोगमा महिलालाई सुरक्षित गाडिमा एक जना नेपाल प्रहरी र एक जना स्वास्थ्यकर्मीको साथमा जुम्लाबाट सुर्खेत पठाईएको छ ।

गाउँपालिकाको एक लाख सहयोग :
तातोपानी गाउपालिकाले मानसिक समस्या भएकी ति महिलाको ब्यवस्थापनको लागी भन्दै रु एक लाख आर्थिक सहयोेग गर्ने प्रीतबद्धता सहित सिपारिस पत्र पठाएको छ । गाउपालिकाका अध्यक्ष नवराज न्यौपानलेले महिलाको व्यवस्थाप खर्चको लागी भनेर हामीले मानव सेवा आश्रमलाई रु एक लाख सहयोग दिने गरिएको बताउनुभयो । उहाँले “यस्ता ब्यतिmको उद्धार गर्नु स्थानीय सरकारको दायित्व भएको छ ।

त्यस्तै कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानको ओसिएमसीमा उपचार गराउदै आएका डाक्टर अबिर्न शाख्यका अनुसार उपचार पछि धेरै सुधार भएको छ । हामीलाई उपचार गर्नको लागी समस्या छैन । दिर्घकालिन ब्यवस्थापनका लागी समस्या भएको हो । डाक्टर शाख्यले भन्नुभयो,“लाउरी रोकाया मात्रै होइन ,घरेलु हिंसाबाट मानसिक समस्या भएका धेरै महिला उपचारमा आउने गरेका छन ।

चन्दननाथ नगरपालिकामहिला शाखामा कार्यारक्त पुस्पा थापाले मानसिक स्वास्थ्य समस्या भएर विभिन्न कारणले सडकमा जीवन बिताइरहेका महिलाको दिगो ब्यवस्थापन गर्न तर्फ लाग्न आबश्यक रहेको बताउनुभयो ।

प्रजिअ प्रसाईले जुम्लामा पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण समयमा उपचार नपाएका व्यक्तिलाई सम्वन्धित स्थानीत तह र वडाको समन्वयमा आवश्यक प्रक्रियाका पुरा गरी उद्धार तथा उपचार सेवा प्रदान गर्न जरुरी रहेको बताउनुभयो । यस भन्दा पहिला पनि जुम्लाबाट आधा दर्जन बढि नागरिकलाई मानव सेवामा आश्रम सुर्खेतमा पठाईएको छ तर अव जिल्लामै आश्रम र पुनस्र्थापन गृह आवश्यक रहेको सरोकारवालाको जोड रहेको छ ।

प्रतिकृया दिनुहोस्