OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १७, २०७८सुर्खेत
६०१ पटक

२०७८ असार १७, बिहीबार

वीरेन्द्रनगर नगरपालिका ११ सुर्खेतस्थित झुप्रा खोला किनारमा बस्दै आएका भूमिहिन बादीलाई खाद्यान्न सहयोग गरिएको छ ।

झुप्रा खोलाको किनारामा विसं.२०४५ सालदेखि बस्दै आएका बादी समुदायका ११६ सहित १४५ घरधुरीलाई विलिभर्स ईस्टर्न चर्च कोहलपुर डायोसिस नेपालद्वारा खाद्यान्न चामल सहयोग गरिएको हो । राहतस्वरुप दिईएको चामल स्थानीय बादीलाई प्रदान गर्दै सो वडाका वडाध्यक्ष नन्दलाल शर्माले खोलाको किनारमा बस्दै आएको बादीलाई समुदायलाई ठूलो सहयोग भएको जनाउनुभयो ।

राहत प्रदान गर्ने बिलिभर्स डायोसिसप्रति कृतज्ञता व्यक्त गर्दै वडाध्यक्ष शर्माले बादी बस्तीमा भएको शिक्षा, स्वास्थ्य, खानेपानीको समस्या समाधानका लागि वडा सरकारले विशेष योजनाका लागि अघि बढेको बताउनुभयो । करिब १२ किलोमिटर टाढाको विद्यालयमा जान बादी बालबालिकाहरुलाई समस्या भएकोले आगामी आव.को बजेटबाट उनीहरुका लागि स्कूल बस किन्ने उहाँको भनाई थियो ।

नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरले बादी समुदायमा रोग भन्दा भोकको समस्या अत्यधिक भएको अवस्थालाई बुझेर १४५ घरधुरीमा प्रति घरधुरी एक÷एक बोरा चामल सहयोग गरिएको डायोसिस सेक्रेटरी ईश्वर लामाले जानकारी दिनुभयो ।

“कोरोना महामारीको बेला समस्यामा परेकाहरुलाई सहयोग गर्नु मानवीय धर्म हो,” सेक्रेटरी लामाले भन्नुभयो, “हाम्रो समाजमा दैनिक ज्याला मजदुरीको भरमा बिहान बेलुकाको छाक टार्ने भूमिहिन बादी समुदाय निकै अपहेलित छ ।” यो महामारीमा उनीहरुको दुःखमा सबैको साथ आवश्यक भएको उहाँले बादी समुदायका उत्थानका लागि अँझ केही गर्ने प्रेरणा मिलेको बताउनुभयो ।

विलिभर्स चर्च सुर्खेतका अगुवा पूर्ण वर्देवाले वडा सरकारसँगको समन्वयमा गरिएको खाद्यान्न सहयोगबाट १४५ परिवारका ७२५ जना बादी तथा अन्य विपन्न नागरिकहरु लाभान्वित भएको बताउनुभयो । स्थानीय हरिबहादुर बादीले मजदुरी खोसिएर हातमुख जोर्न धौ–धौ हुँदापनि कसैले नसम्झेको अवस्थामा विलिभर्स चर्च कोहलपुर डायोसिसले सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।

खाद्यान्न वितरण कार्यक्रममा बादी समुदायका महिलाहरु तारा, डिला र आशा बादीले सरकारले पोषणका कुरा गरिरहँदा आफूलाई पेट कसरी भन्ने चिन्ताले सताएको गुनासो गर्नुभयो । “यही खोलाको गिटी बालुवा चालेर बेच्ने गथ्र्यौं, त्यही काम वडा सरकारले रोकेको छ,” डिला वादीले भन्नुभयो, “खोला किनार गर्ने मजदुरी खोसिएपछि अब हामी कसरी बाँच्ने ?” खानेपानी नपाएर खोलाकै दुषित पानी खानुपर्ने बाध्यता भएको उनीहरुको दुखेसो थियो ।

प्रतिकृया दिनुहोस्