नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरुलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र)केन्द्रीय कार्यालय, पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघले गरेको शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जेनजी युवाहरूले पनि आफ्नो मित्र र दुस्मन छुट्याउनुपर्ने बताएका हुन्।
‘तपाईहरु आफ्नो मित्र दुस्मन को हो छुट्टयाउनु होला । हामीलाई पनि पहिल्यै आतंककारी भनिएको थियो,’ उनले भने।
जनताको हक, हित र अधिकारका लागि लड्नेहरुलाई आतंककारी भन्ने प्रवृत्ति यसअघि पनि रहँदै आएको संयोजक प्रचण्डले बताए।
‘एउटा विचारले भन्छ — तपाईंहरुको आन्दोलनलाई आतंककारी । यो त हामीलाई पनि भनिएको थियो। उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको हकमा लड्दा हामीलाई आतंककारी भनिएको थियो। आज फेरि तपाईहरुलाई पनि त्यस्तै शब्दमा ब्याख्या गरिएको छ। यस्तो प्रवृत्तिबाट सतर्क हुन जरुरी छ,’ उनले भने।
उनले दुस्मनलाई साथी ठानियो भने क्रान्ति असफल हुने पनि बताए।
‘क्रान्तिमा सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आफ्नो मित्र र शत्रु छुट्याउन जान्नु। जसले तपाईंलाई माया गर्छ, साथ दिन्छ — उसलाई चिन्न सक्नु पर्छ। दुश्मनलाई साथी ठानियो भने क्रान्ति असफल हुन्छ,’ उनले भने।
देशको समसामयिक राजनीतिक संकट समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने पनि संयोजक प्रचण्डले बताए।
संयोजक प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएकाले निर्वाचित भएर आउने नयाँ संसद संविधान परिमार्जन प्रक्रियामा प्रवेश गर्नुपर्ने बताए।
उहाँले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको बताउँदै, “निर्वाचन नगरीकन देशमा अर्को अराजकता आउन सक्नेप्रति सचेत हुनुपर्ने बताए।
‘त्यसैले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी छ,’ भने।
संयोजक प्रचण्डले संसद पटक–पटक विघटन गर्नेहरूले अहिले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताए।
‘केपी ओली प्रधानमन्त्री हुँदा संसद विघटन भयो, राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो। अहिले उनीहरुकै समूहले संसदको कुरा गर्नु विडम्बनापूर्ण हो,’ उनले भने।
उनले समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिंदै भने, ‘हामीले बृहद बामपन्थी एकताको आवश्यकता महसुस गरेका छौं। तर त्यसले मात्र पुग्दैन। लोकतन्त्रवादी र राष्ट्रवादी सबै शक्तिहरू पनि राष्ट्रिय संकटको सामना गर्न एकजुट हुन जरुरी छ।’
प्रचण्डले जेनजीलाई अपमानजनक टिप्पणी गर्न नहुने पनि बताए।
‘२३ गते भएको आन्दोलनले देखायो — हाम्रो युवा पुस्ताले आफ्नो राजनीतिक उपस्थिति प्रमाणित गरिसकेको छ। उनीहरू अरूका होइनन्, क्रान्तिकारीका उत्तराधिकारी हुन्। उनीहरूमाथि अपमानजनक टिप्पणी गरिनु हुन्न,’ उनले भने।
उहाँले वर्तमान अन्तरिम सरकार (सुशिला कार्की नेतृत्वमा) निर्वाचन गर्न गम्भीर रहेको र अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सकारात्मक