OnlinePana

आज : २०८२ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आश्विन २९, २०८२
२२ पटक

२८ असोज २०८२, मंगलबार

सुर्खेतः नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश समिति अध्यक्ष बिमला केसीले पार्टीलाई एकतावद्ध गरेर लैजानु अहिलेको ठूलो आवश्यकता भएको बताउनुभयो ।

जेनजी आन्दोलनपश्चात् मुलुक निकै अप्ठ्यारोमा फसेको भन्दै उहाँले यो अवस्थाबाट माथि उठाउन माओवादीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि पार्टीमा रुपान्तरण र एकता आवश्यक भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो, “अहिले हाम्रो पार्टीमा दुई अतिवादी प्रवृत्ति छन । समर्थन वा विरोध गर्ने तरिकाहरु अतिवादी छन । त्यसले पार्टीलाई एकतावद्व होईन झन विभाजन गर्न खतरातिर लिन्छ ।यस्तो राजनीतिक संवेदशील अवस्थामा हामी सबैले गर्ने बहसहरु एकतालाई मलजल गर्ने खालका हुनुपर्छ ।”

प्रेस सेन्टर नेपालसँगको बसाईमा आज सुर्खेट वीरेन्द्रनगरमा भएको भेटघाटमा उहाँले हाम्रो पछिल्लो पार्टी अन्तरसंघर्ष भएपनि एकतालाई शीर्षकमा राखेर धारणा राख्दै र छलफल चलाउँदै आएको बताउनुभयो । म त्यही कुराको वकालत गदै आएकी छु र व्यवहार पनि । उपमहासचिव जनार्दन शर्माले पार्टी फरक मत राख्दै आउनुभएको छ । मलाई आशा छ दाईले त्यस्तो अप्रिय निर्णय लिनु हुनेछैन । यदि लिईहालेमा हामी पार्टी एकताको पक्षमा वलियो रुपले उभिनुपर्छ ।

अध्यक्ष केसीले अगाडि भन्नुभयो, त्यतिबेला संसार गुम्यो भन्ने नठानी स्वाभाविक रुपमा लिएर धैर्यतापुर्वक सम्माहालिनु पर्छ भनेको हो । मैले यतिसम्म पनि भनेको हो अरु पार्टीसँग एकताको कुरा गदै गर्दा हाम्रो भित्रका ठुला ठुला योगदान गरेका नेताहरु पार्टी बाहिर जाने कुरा सहि हुनै सक्दैन र कल्पना पनि गर्न सकिदैन । यहाँहरु सबैलाई थाहा छ म कहिले प्रचण्डको छोरीको रुपमा चर्चित भए त कहिले प्रभाकरको बुहारीका रुपमा ।

ति सबै आरोप सहदै आएको बताउँदै उहाँले पार्टी भित्र रुपान्तरण सहितको एकता आजको विशेष आश्यकता भएकोले सबै पार्टीलाई एक ठाउँमा ल्याएर मुलुकको राष्ट्रिय स्वाधीनता बचाउन माओवादीले अग्रसरता लिनुपर्ने धारणा व्यक्त गर्नुभएकाे थियाे ।

 

प्रतिकृया दिनुहोस्