

१३ कार्तिक २०८२, बिहीबार
सुर्खेतः हुलाक निर्देशनालय सुर्खेतको प्रथम त्रैमासिक समीक्षा तथा अभिमुखीकरण गुर्भाकोट नगरपालिकाको मेहलकुनामा सम्पन्न भएको छ ।
सुर्खेतको पूर्वी क्षेत्रमा रहेका स्थानीय हुलाक भेरीगगा, लेकवेसी, गुर्भाकोट तथा सिम्ता तथा ती स्थानीय हुलाक मातहतका अतिरिक्त हुलाकको आर्थिक वर्ष २०८२÷०८३ को प्रथम त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो । हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेका अनुसार स्थानीय हुलाक तथा अतिरिक्त हुलाकहरुको कार्य सम्पादन, सेवा प्रवाहको प्रभावकारिता र सूचना प्रविधिसँगै यसले सुधार्नुपर्ने कार्यशैलीका विषयमा समीक्षा भएको थियो ।
निर्देशक पाण्डेको तथा शाखा अधिकृत सुनिता कुमारी खत्रीले सहभागीहरुहरुलाई सेवा प्रवाह, समन्वय, सहकार्य, प्रतिवेदन, आचरण तथा अनुशासनलगायतका विषयमा क्षमता विकास केन्द्रित अभिमुखीकरण गरेका थिए ।
कार्यक्रमममा स्थानीय हुलाक भेरीगगाको तर्फबाट खरिदार निर्माया अधिकारी, गुर्भाकोटको तर्फबाट खरिदार राम बहादुर परियार, लेकवेसी तर्फबाट खरिदार पदमप्रसाद जैसी तथा सिम्ता गाउँपालिकाको तर्फबाट हुलाकी डम्बर बहादुर बस्नेतले आफ्नो कार्यालय तथा मातहतका अतिरिक्त हुलाकहरुको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक प्रतिवेदन पेश गरे ।
खुल्ला सत्रमा सहभागीहरुले आआफ्ना जिज्ञासा राखेका थिए । हुलाक निर्देशनालय सुर्खेतका नायव सुब्बा गिता तिमिल्सेना, कल्पना थापा तथा लेखापाल झलक वलीले कार्यक्रमको व्यस्थापनमा सहजिकरण गरेका थिए । कार्यक्रममा सुर्खेतको पूर्वी क्षेत्रका चार वटा स्थानीय हुलाक कार्यालय र अतिरिक्त हुलाकबाट गरेर ५५ जनाको सहभागिता रहेको थियो ।








