

नेत्र शाही /जुम्ला,
असोज ५ गते । जुम्ला तातोपानी गाउँपालिका ३ लिताकोट निवासी रामकृष्ण न्यौपाने आफ्नै घरमा बसिरहेको समयमा अपाङ्गता भएका व्यक्तिहरूको सञ्जालमा जोडिनु भयो ।
उहाँ तत्कालिन वडा, गाउँपालिकाको सञ्जालमा जोडिएर अपाङ्गता सवालमा काम गर्नुभयो । न्यौपानेले अपाङ्गता सवालमा पैरवि गर्दै गाउँपालिका स्तरीय अपाङ्गता समुहको अध्यक्षको नेतृत्व गरेर सञ्जालमा काम गरेको जानकारी दिनुभयो । अपाङ्गता सञ्जालमा जोडिदा शशक्तिकरण तथा क्षमता विकास भयो । न्यौपाने हाल अपाङ्ग पुनस्थापन तथा विकास केन्द्र जुम्लाको अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको केन्द्रीय सदस्यको रूपमा काम गरिरहनु भएको छ ।
जुम्ला हिमा गाउँपालिका ३ निवासी सत्य नारायण योगीको जन्मजात कानको समस्या भयो । कान कम सुन्ने भएकाले समाजमा घुलमिल हुन कठिन स्थित बन्यो । समाजले अनेक प्रकृतिको लालछना लगाए पछि कैयौ दिन त कठिन भएको थियो । भाग्यवस उहाँलाई विद्यालय पढ्ने अवसर मिलेको थियो । तर विद्यालयमा पनि सुन्न कठिन भएका कारण पढाईमा निकै संघर्ष गर्नुपर्ने भयो ।
एसएलसि उत्तिर्ण गरिसकेपछि योगीलाई अपांग पुनस्र्थापन तथा विकास केन्द्रले समुहमा जोड्यो । हिमा गाउँपालिका वडा नम्बर ३ जोगिवाडामा अपांग पुनस्र्थापन तथा विकास केन्द्रले स्थापना गरिरहेको समुहमा सहभागी हुदै शशक्तिकरण हुने अवसर मिल्यो । योगीले यस केन्द्रमा सामाजिक परिचालक सहित विभिन्न तहमा काम गरेर अपांगता क्षेत्रको नेतृत्व गरिरहेका छन् । हिमा गाउँपालिमा अपांगता भएका व्यक्तिहरुको संजालमा काम भईरहेको सत्य नारायण योगी बताउनु हुन्छ ।
न्यौपाने र योगी जस्तै संजालमा जोडिएका अपागता भएका व्यक्तिहरु संजालमा काम गर्दै शशक्तिकरण भएका छन् । उनिहरु संजालमा जोडिएका छन् । पछिल्लो समयमा अपांगता क्षेत्रमा विश्वभर काम गरिरहेको एविलिज फाउण्डेसनले पनि अपांगता भएका व्यक्तिलाई संजालमा जोडिरहेको छ । फाउण्डेसनको सहयोगमा जुम्लामा यस अष्गाडि यहाँको कृषि उत्पादन मध्यको महत्वपूर्ण मानिने स्याउको परिकारबाट बनाउने जाम जुस तालिममा सहभागी तथा आवश्यक सामग्री वितरण गरिएको थियो ।
यस पटक पनि जुम्लाको हिमा, सिंजा, कनकासुन्दरी र तिला गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुलाई संचालीकरण गर्ने, क्षमता विकास तथा पैरवीका तालिम दिने प्रकारका कार्यक्रमहरु शुरुवात भएको छ ।
अपाङ्गता पैरवि र शिप विकास तालिम :
अपांगता भएका व्यक्तिहरुका लागि पैरवि तथा शिप विकास बिषयमा तालिम दिईएको छ ।
जुम्लाका हिमा, सिंजा, कनकासुन्दरी र तिला गाउँपालिकाका २० जना तथा सरोकारवाला निकाय र अपांगता अधिकार कर्मी गरेर झण्डै ३० जनाको सहभागिता रहेको थियो । अपांगता भएका व्यक्तिहरुलाई अपांगता भएका व्यक्तिलाई पैरवि तथा क्षमता विकास बिषयमा तालिम दिईएको हो ।
अपाङ्ग पुनस्र्थापन तथा विकास केन्द्र जुम्लाको आयोजना तथा एविलिज फाउण्डेसनको आर्थिक सहयोगमा उनिहरुलाई अपांगताको सवालका विविध बिषयमा तालिम सञ्चालन गरिएको हो । अपांगता भएका व्यक्तिको परिभाषा, प्रकार, कारण, अपांगता भएका व्यक्तिले पाउने सेवा सुविधा, राज्यले बनाएका कानून, कार्यान्वयनको अवस्था, अन्तराष्ट्रिय दूताबेज लगायतका बिषयमा तालिम दिईएको छ ।
अपांगता भएका व्यक्ति धर्मलाल प्याकुरेलले तालिमले अपगता भएका व्यक्तिको सवालका विभिन्न बिषयमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उक्त तालिमको समापनमा सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल र उपाध्यक्ष सितली रोकायाको सहभागिता रहेको थियो । सिंजा गाउँपालिका अध्यक्ष धितालले अपांगता भएका व्यक्तिहरुको क्षमता विकास, शिक्षाका लागि राज्यले थप प्रथामिकता दिनुपर्नेमा जोड दिनुभयो ।
जुम्लामा अपाङ्गता भएका व्यक्तिलाई संजालमा जोडेर काम गर्ने व्यक्तिहरूलाई जुम्लामा लामो समय देखि काम गरिरहेको अपाङ्ग पुनस्थापन तथा विकास केन्द्रले जिल्लाभर आफ्नो सञ्जाल जोडिरहेको छ । पुनस्थापना केन्द्रले जुम्लाले जिल्लाभर झण्डै ३० वटा बढि समूह बनाए काम गरिरहेको ति समुहहरुमा बचत उठाउने काम पनि भईरहेका छन् ।
अहिले जुम्लामा पुनस्थापना केन्द्रले एविलिज फाउण्डेसनको सहयोगमा जुम्लाका चारवटा गाउँपालिका तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा सञ्चालित शशक्तिकरणको माध्यामबाट अपांगता भएका व्यक्तिहरुको शशक्तिकरण परियोजना अन्तरगत उनिहरुलाई थप संजालीकरणमा जोड दिदै अपांगताका सवालमा पैरविको काम शुरु भएको छ ।
परियोजना जुम्लाका सम्पर्क व्यक्ति नन्दराज धितालका अनुसार स्थानीय सरकारको समन्वयमा जुम्लामा तिला गाउँपालिका, सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका र हिमा गाउँपालिकामा अपांगता भएका व्यक्ति र सरोकारवाला निकायविच अन्तरक्रिया तथा तालिम संचालन गरिएको छ । उहाँका अनुसार अपांगता भएका व्यक्तिहरु संजालमा काम गर्दा अपांगताका सवालका बिषयमा जानकार हुने, सरोकारवाला निकायमा आफ्नो अधिकारका बिषयमा एजेण्डा राख्न सक्ने लगायतका काममा सघाउ पुग्ने उहाँको भनाई रहेको छ । संजालमा अहिले काम गरेपछि अपांगताका बिषयमा वोल्न सहज भएको छ ।
उहाँका अनुसार अपाङ्ग पुनस्थापना केन्द्रले जुम्लामा विश्वका धेरै देशमा काम गर्ने एविलिज फाउण्डेसनको सहयोगमा जुम्लामा अपाङ्गता भएका व्यक्तिलाई अन्तरक्रियात्मक हिसावले सहभागी गराई छलफल बहश, अन्तरक्रियाको हिसावले काम भईरहेको छ ।
अपांगता भएकाले अहिले राज्यबाट पाउनु पर्ने सेवा सुविधा के छन् ? अपांगता परिचयपत्रको अवस्था के छ ? राज्यतहबाट बनेका कानूनहरु के के छन ? सामाजिक सुरक्षा भक्ता देखी रोजगारीका अवसर के भईरहेको छ । यि सवालमा सरोकारवाला निकायलाई स्थानीय तहबाटै सचेतना जगाउने काम भईरहेको छ । संघीयताम यि सवालमा जानकार भएमा सोही अनुसारका निति बढ्ने, अपांगताको क्षमता अभिबृद्धि तथा सामान सहभागिता, अपांगता मैत्री संरचनाका बिषयमा काम भईरहेको हुनेछ ।






