OnlinePana

आज : २०८२ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआश्विन २१, २०८२जुम्ला
९४ पटक

जुम्ला/असोज २१ गते । सुन्दा अनौठो लाग्ने, जुम्लाको एक विद्यालय गाउँको राजनतिक प्रभाबमा विवादित भएपछि विद्यालय दुईस्थानमा फुटाईयो र लामो समय विद्यालयको पढाईमा समेत प्रभावित भयो । अव भने झण्डै दश बर्ष पछि गाउँले राजनितिक बिषयलाई बिर्सदै गाउँमा मिलेर एकै स्थानमा विद्यालय सुचारु गर्न थालेका छन् ।

जुम्लाको हिमा गाउँपालिका ५ रुपाकोट आधारभुत विद्यालय बाजागाडामा गाउँमा नेपाली कांग्रेस र कम्यूनिष्ट विचमा वि.सं २०७१,०७२ सालमा विद्यालयको बिषयमा विवाद भएपछि फरक फरक स्थानमा विद्यालय सुचारु गरिएको थियो । अभिभावक विभाजित भएपछि बालबालिका पनि बिभाजित भएर दुई स्कुलमा जान थाले, गाउँको झगडाले केही विद्यार्थीहरु रुपाकोट छोडेर छिमेकी गाउँको विद्यालयमा पढ्न जान वाध्य भए । विद्यालय फुटाएपछि विद्यालयमा रहेका ३ जना दरवन्दीका शिक्षक, एक जना निजी शिक्षक र कार्यालय सहयोगी पनि बाडिए । उनिहरुले लामो समय १०ः०० बजे देखी १ः०० बजे सम्म एक स्कुल र १ः०० बजे देखी ४ः०० बजे सम्म अर्को स्कुलमा काम गर्न थाले । विद्यालयको समस्याका बिषयमा वि.सं २०७४ सालमा स्थानीय सरकार आएपछि स्थानीय सरकार, स्थानीय प्रशासन, शिक्षा सम्बद्ध सरोकारवाला निकाय, राजनैतिकदल सँग पटक पटक छलफल भयो तर विद्यालयको बिषयमा निश्कर्ष आएन ।

स्थानीय प्रशासनले त विभिन्न समयमा अल्टिमेट दिदै आएको थियो । वि..सं २०७६ सालमा तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे गाउँमै गएर एक बनाउन निर्देशन गर्नुभएको थियो । विद्यालयमा २ भागमा विभाजित भएपछि विद्यालयका कोर्स पनि भ्याउन शिक्षकलाई समस्या भयो । विसं २०७६ साल साउन १० गते विद्यालयले विद्यालयको प्रधानाध्यापक शान्ति कुमारी शाहीलाई जिम्मेवारी दिईयो । प्रधानाध्यापक शाहीले विद्यालयलाई एक बनाउन पहिलो प्रथामिकता दिनुभयो । उहाँले स्थानीय सरकार, प्रशासन, शिक्षा विकास तथा समन्वय ईकाइ र सरोकारवाला निकाय सँग निरन्तर समन्वय बढाउनुभयो । पुरोनो विद्यालय गाउँनजिकै थियो, भने नयाँ बनाएको विद्यालय चाखाडाडामा थियो । चाखाडाँडामा भएको विद्यालय राजमार्ग नजिक भएकाले पछिल्ला भौतिक संरचना निर्माण गर्न सहज भयो ।

प्रधानाध्यापक शान्ति शाहीले चाखाडाँडामा विद्यालय रहेको स्थानमा भौतिक संरचना अभाव भएका कारण एउटै कक्षाकोठा दुई कक्षामा बाडिएका थिए । यो समस्या सल्टाउन भवन निर्माणका लागि नेपाल सरकालाई अनुरोध गरेपछि हाल भौतिक संरचना पनि पुगेको छ । प्रधानाध्यापक शाहीले विद्यालयको समस्या लिएर  तत्कालिन शिक्षा मन्त्री देवेन्द्र पौडेल कहाँ पुगेपछि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत २ वटा पक्कि भवन परेको बताउनुभयो । उहाँका अनुसार ४ कोठे एक र अर्को चारकोठे आधुनिक दुईवटा पक्कि भवन निर्माण भएपछि अभिभावकको सकारात्मक धारणा आउन थाल्यो । विद्यालय यति मात्र होईन घेरबार पनि गाउँपालिकाले गरिदिएको छ । शैक्षिक सामग्रीका लागि स्थानीय सरकार र गैरसरकारी निकायमा समन्वय गरेको विद्यालयले जानकारी दियो ।

झण्डै आठ बर्ष दुईस्थानमा चलेको विद्यालय वि.सं २०७९ सालमा व्यवस्थापन समिति अध्यक्ष नरबहादुर रावतका अध्यक्षतामा बसेको व्यवस्थापन समितिको वैठकमा प्रधानाध्यापक शान्ति शाहीले पहिलो प्रस्ताब विदालय एक बनाउने राख्नुभयो । विद्यालय व्यवस्थापन समितिमा एकिकृत गर्न डाडाचाखामा एकिकृत रुपमा संचालन गर्ने निर्णय गर्यो । सो निर्णय पछि शिक्षक अर्को विद्यालय नगएपछि बल्ल विद्यार्थी एक ठाउँमा पढ्न आउन थाले तर अभिभावकका काटिएका मन नमिलेका कारण विद्यालयको कार्यक्रममा केही अभिभावक आउदैनथे । यस पटक भने दशैको केही अगाडि विद्यालयमा अभिभावक भेलामा विद्यालय परिवार र सवै पक्षका गाँउले उपस्थित भएर विद्यालयको झगडा अन्त्य भएको छ । स्थानीय विकास रोकायाले गाउँका मानिसहरु मिलेर एकै स्थानमा खाजा खाएर कसम खाएर मेलमिलाप भएको जानकारी दिनुभयो । स्थानीय अलि रोकायाले अव विद्यालयमा झगडा अन्त्य भएको बताउनुभयो । गाउँमा घनिभुत छलफल गरेर मनमुटाब अन्त्य भएकाले खशी व्यक्त गर्नुभयो । यस पटक नयाँ व्यवस्थान समिति पनि चयन गरिएको छ । अभिभावकले चिट्ठा प्रणालीबाट सौरे रोकायाको नेतृत्वमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।

पालिकाको शैक्षिक हब बन्दै :
रुपाकोट आधारभुत विद्यालय कुनैवेला दुई स्थानमा फुटेकाले कमजोर मानिने, अहिले अब्बल हुुदै गएको छ । अहिले पालिकाकै शैक्षिक हब हुन थालेको छ । गाउँपालिकाले यस विद्यालयमा गाउँपालिका स्तरीय शिक्षा सवालका कार्यक्रम निरन्तर गरिरहेको छ । सो विद्यालयमा साक्षरता हिमा गाउँपालिका घोषणा, बालविवाह मुक्त गाउँपालिका घोषणा, गाउँपालिका स्तरीय शैक्षिक मेला जस्ता कार्यक्रम सहित अन्य कार्यक्रम समेत यही विद्यालयमा भईरहेका छन् । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले रुपाकोेट आभारभुत विद्यालय गाउँपालिकाको स्थायी केन्द्र नजिकैको विद्यालय समेत भएकाले यो विद्यालय नमूना हुन सक्ने बताउनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्