OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही पौष ४, २०७७सुर्खेत
१४०३ पटक

४ पुस २०७७, शनिबार

कर्णाली प्रदेशमा आजका दिनसम्म ९४ प्रतिशत कोरोना भाइरस संक्रमित बिरामीहरु संक्रमणमुक्त भएका छन् । अब छ प्रतिशत संक्रमित निको हुन बाँकी रहेको सामाजिक विकास मन्त्रालय सेवा महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा कर्णालीमा २१० जनाको स्वाब संकलन गरिएकोमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र रुकुमपश्चिमको चौरहारीमा भएको आरटी पीसीआर परीक्षणमा आज १२ जना संक्रमित थपिएसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या सात हजार १८० पुगेको मन्त्रालयको जनस्वास्थ शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

“कोरोना संक्रमण पुष्टि हुनेहरुमा सल्यानका पाँच, सुर्खेत र दैलेखका तीन÷तीन र रुकुमपश्चिमको एक जना रहेका छन्,” स्वास्थ्य शिक्षा अधिकृत कँडेलले भन्नुभयो, “पछिल्लो २४ घण्टामा नौ निको भएर घर फर्केका छन् ।” नौ जना थपिएसँगै कर्णालीमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या छ जार ७३४ पुगेको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले बताउनुभयो ।

उहाँका अनुसार कर्णालीमा हालसम्म ९५ हजार १४ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या कर्णालीमा २२ जना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्